पत्नी हत्या कसुरमा २० बर्ष कैद

दैलेख । पत्नी हत्या गरेको कसुरमा सुर्खेत लेकबेसी नगरपालिका ८ साटाखानीका ३० बर्षिय नवलंिह विरकट्टालाई दैलेख जिल्ला अदालतले श्रीमानलाई २० वर्ष कैद र रु १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । दैलेखको चामुण्डा माईत भएकी २३ वर्षीया रत्ना रावतको हत्या गरेको कसुरमा पति नवलसिंहलाई अदालतले सो फैसला गरेको हो ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार हत्या कसुरमा फैसला गरेको अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए । हत्या गरिएकी रत्ना रावतका आफन्तले क्षतिपुर्ति रकम पाउने आर्चायले बताए ।

चार वर्षअघि चामुण्डा विन्द्रासैनी नगरपालिका एक युवा सँग विहेगरि भारतको गडुवाल पुगकी रत्नाकोे नवलसिंह माया प्रेम बस्यो । विहे गरेको श्रीमानलाई छोडेर नवलसिंह र रत्ना विहे गरि सिम्ला गए । सिम्लाबाटै दुईजना सुर्खेत साटाखानीको घरमा गएको जेठ महिनामा आईपुगे । रत्नाबाट सन्तान नजन्मिएकाले नवलसिंहले दोस्रो पत्नि विहे गरे । रत्ना र दोस्रो विहे गरेकी बिच असमझदारी बढदै गयो । रत्ना माईतघर चामुण्डा गईन ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका –३ पुनडाँडामा रहेको माईतीघर आएको ३ दिनपछि २०७६ जेठ ९ मा गोठाला गएको मौका पारी सोही नगरपालिका १ को काफलगैरामा नवलसिंहले हत्या गरेको प्रहरी अनुसन्धान र घटना प्रकृतिले पुष्टि गरेको अदालतको फैसलामा उल्लेख छ । घटनाको दोस्रो दिन नवलसिंहले रत्नाको शव काफलगैरामा भेटिएको भनि भारतको रुपडिया पुगेर टेलिफोनमा खबर छोडेको आधारमा शव फेला परेको थियो । मृतकको शव परीक्षण दुल्लू अस्पतालमा भएको थियो । शव परीक्षण प्रतिवेदनमा घाँटी थिचेर हत्या गरेको उल्लेख छ ।

पीडित पक्षले गएको जेठ ११ गते कर्तव्य ज्यान अर्थात् हत्या आरोपमा नवलसिंह विरुद्ध उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतको सिमलाबाट पक्राउ गरि दैलेख ल्याएको थियो ।

The post पत्नी हत्या कसुरमा २० बर्ष कैद appeared first on Rajdhani Daily News.

एमसीसी खारेज नगरे कडा आन्दोलन गर्ने विप्लवसहितका ६ कम्युनिस्ट पार्टीको चेतावनी

Previous articleसञ्चारविज्ञ पन्तले पाए इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड
Next articleउपमेयर कप विजेता टोलीलाई सम्मान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।