काठमाडौं । ६ वटा कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी)तत्काल फिर्ता नलिए वा खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’, मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोनलको घोषणा गर्ने चेतावनी दिएको छ ।
मंगलबार नेताहरुको हस्ताक्षरमा जारी विज्ञप्तिमा एमसीसी विरुद्ध मंगलबार दिउँसो भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरिएको छ । त्यसक्रममा आफ्ना ७३ जना नेता कार्यकर्ता पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ । उनीहरुको तत्काल रिहाइको माग गरिएको छ ।

वाग्मतीमा तेस्राे पटक मन्त्रिपरिषद् विस्तार, शपथ ग्रहणमा पटक–पटक पत्रकारलाई ‘राेक’

मकवानपुर – वाग्मती प्रदेशका नवनियुक्त पाँच मन्त्री र एक राज्यमन्त्रीले आज (मङ्गलवार) बेलुकी पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मकवानपुरका पत्रकारहरूलाई गेटबाहिर नै राखेर मन्त्रीहरूको शपथ ग्रहण गराउनुभयो । सरकारी मिडियाबाहेकका मिडियालाई प्रदेश प्रमुखको गेटबाहिर नै राखेर मन्त्री र राज्यमन्त्रीहरूको शपथ ग्रहण भएकाे हो ।
पत्रकारलाई बाहिर राखेर शपथ ग्रहण नगर्ने भनेर नवनियुक्त मन्त्रीहरूले भन्दा पनि अटेर गर्दै प्रदेश प्रमुखले पत्रकारलाई गेट भित्र छिर्न नै नदिएर शपथ ग्रहण गराउनुभएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आज नै पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।
उहाँले सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरू घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्री नियुक्त गर्नुभएको हाे । यस्तै नेकपा (एकीकृत समाजवादी) का वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइ, वसुन्धरा हुमागाईँलाई कृषि तथा पशुपक्षी मन्त्रीकाे जिम्मेवारी दिइएको छ । नियुक्त भएलगतै प्रदेश प्रमुखको कार्यालयमा उहाँहरूलाई शपथ ग्रहण गराइएको हाे । यस्तै कृषि तथा पशुपक्षी राज्यमन्त्रीमा नेकपा (एस) की इन्द्रमाया गुरुङ नियुक्त हुनुभएको छ ।
पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिलामन्त्री बनाउनुभएकाे थियाे । दोस्रो चरणमा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे । वाग्मतीमा मङ्सिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आठ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ ।
https://ujyaalonepalnews.com/archives/16772


