बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा बिहान भएको जिप दुर्घटनामा जीप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ बर्षीय धनसिंह बडालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दार्चुला दुहु ४ का २३ बर्षीय सुरेन्द्र बम, ३८ बर्षीय हरक सिंह बडाल, ४१ बर्षीय प्रेम बल्लब जोशी , ४१ बर्षीय धनराज जोशी, २० बर्षीय हेमन्ती बम र २२ बर्षीय द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नावय उपरिक्षक डिल्लिनारायण पाण्डेले बताए । घाईते सुरेन्द्र, हरक, प्रेम र धनराजको अवस्था गम्भीर रहेको उनले बताए ।
धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट (१२५७) जिप बिहान २ बजे दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ पनतोलीमा दुर्घटना भएको हो । जिप सडकबाट २५० मिटर तल खसेको छ ।
The post बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते appeared first on Rajdhani Daily News.
रत्ननगरको सार्वजनिक सुनुवाई, नगरबासीले पोखे आक्रोश, गुनासो र सुझाब


