Home Uncategorized आफैँलाई गोली हान्दा सशस्त्र प्रहरी घाइते

आफैँलाई गोली हान्दा सशस्त्र प्रहरी घाइते

सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उनले बताए ।

The post आफैँलाई गोली हान्दा सशस्त्र प्रहरी घाइते appeared first on Rajdhani Daily News.

मलेशियामा अस्ताएका दिलकुमार का दु:ख श्रीमती अर्कै संग भागिन्, बाँच्ने रहर थियाे तर..

Previous articleदुई चलचित्रको रिलिज स्थगित
Next articleबैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।