‘कोरोना प्रकोपमा चीनले माफी माग्नुपर्छ भन्ने अमेरिकी पत्रकारको भनाइ गलत छ’

गत सोमबार फक्स न्युजका संचारकर्मी जेसे वाटर्सले ‘चीनले कोरोनाको प्रकोपमा औपचारिक रुपमा माफी माग्नुपर्छ’ भनेका थिए।

इटालीका विज्ञहरुले हालै वाटर्सको भनाइलाई खारेज गर्दै प्रकोपलाई देशसँग जोड्न नहुने बताएका हुन्।

इटालीस्थित युनिभर्सिटी अफ मिलान बायोमेडिकल साइन्सेस अफ हेल्थ विभागका अनुसन्धानकर्ता फाब्रिजियो प्रेगलियास्को भन्छन्,‘मलाई लाग्छ कसैलाई औंला देखाएर आरोप लगाएर त्यसबाट हामीले प्राप्त गर्नु केहीछैन, प्रकोपसँग जुध्न एक बनौं।’

यस्तै मिलानको एल. साको हस्पिटलका बायोमेडिकल प्रोफेसर मासिमो गलीले भने,‘प्रकोपविरुद्ध लड्न एक हुनुपर्छ। आरोप प्रत्यारोपमा उत्रँन हुँदैन।’ उनका अनुसार कोरोना विश्वको समस्या हो कुनै राष्ट्र विशेषले फैल्याएको होइन।

इटालीका विज्ञहरुले चिनियाँ वैज्ञानिक तथा राजनीतिज्ञहरु कोरोनाविरद्धको अभियानमा सफल भएको पनि बताएका छन्। सान मार्टिनो हस्पिटलका निर्देशक माटियो बासेटी भन्छन्,‘चिनियाँहरु कोरोनाको उपचारमा सफल भएका छन्।’

यसअघि डब्लूएचओले पनि कोरोनाभाइरस विश्वकै समस्या भएकाले एक भएर यसको सामना गरिनुपर्ने बताएको थियो।

चीनपछि कोरोनाबाट ग्रस्त मूलुकमध्ये इटाली पनि प्रमुख राष्ट्र हो। आइतबारसम्म इटालीमा कोरोनाबाट संक्रमितको संख्या ५ हजार ८८३ पुगेको छ। त्यहाँ २३३ को मृत्यु भइसकेको छ।

विश्वभरको तथ्यांक हेर्दा हालसम्म १ लाख ५ हजार ७९० कोरोनाबाट संक्रमित छन् ३ हजार ५९८ को ज्यान गइसकेको छ।

चीनमा मात्र ८० हजार ६९५ संक्रमित छन्। त्यहाँ ३ हजार ९७ को मृत्यु भइसकेको छ।

यस्तै कोरोनाको उपचारपछि ५८ हजार ५६८ जना निको भएका छन्। सिन्ह्वा

रत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल

Previous articleचेपेमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु
Next articleपिरामिडबाट हाम फालेर एक व्यक्तिले गरे आत्महत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।