दराजले जागृति अभियान सञ्चालन गर्ने

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको अनलाइनबजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष ‘जागृति’ अभियान सञ्चानल गर्ने भएको छ । यस अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरु को बीचपुर्याउनु रहेको छ ।

अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १० प्रतिशत हिस्सा विमेन एक्ट नामक महिला सशक्तिकरणमा आधारित गैरसरकारी संस्थालाई दिइने दराजले जनाएको छ । उक्त अभियानयहि मार्च ८ देखि मार्च १६ सम्म जारी हुनेछ ।

दराज सँग सहकार्य गर्दै सनराइज बैंकले अन्तराष्ट्रिय महिला दिवसमा १५ प्रतिशत एवं एक हजार पाँचसयसम्मको छूट दिने दराजले विज्ञप्ती मार्फत जनाएको छ । छूटको लाभ ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडीट÷डेबीट कार्ड मार्फत पूर्व भुक्तानीवा“प्रीपेमेन्ट्”गर्नुपर्नेछ । यसबाहेक, महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूटर अफरहरु रहेका छन् ।

The post दराजले जागृति अभियान सञ्चालन गर्ने appeared first on Rajdhani Daily News.

मोडल कृतिको “हजारको नोट” सार्वजनिक(भिडियो सहित)

Previous articleआत्महत्याबाट बचाउन हिरासतमा राखिएका थुनुवा हतकडीसहित फरार
Next articleअष्ट्रेलिया पाँचौ पटक महिला टी २० विश्वकप च्याम्पियन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।