मोडल कृतिको “हजारको नोट” सार्वजनिक(भिडियो सहित)

Click Image

चितवन,असोज ११- मोडल कृति भट्टराईको “हजारको नोट” सार्वजनिक भएको छ। शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गितको भिडियो सार्वजनिक भएको हो।

गायक कस्तुप पन्तको शब्द तथा संगित रहेको सो गितमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ।

सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गितलाई विशाल निरौलाले एरेन्ज गरेका हुन।

सार्वजनिक सो भिडियोमा हिमाल सागर र मोडल कृति भट्टराईको अभिनय रहेको छ।

झापा,विर्तामोड-८ स्थित देउनिया निवासी कृतिको यो डेव्यु गित हो। मिस प्रदेश नं १ कि विजेता समेत रहेकी कृति पछिल्लो समय अभिनय र मोडलिङ्गमा व्यस्त रहेकी छन।

मोडलिङ्गमा नै आफ्नो भविष्य तय गरिरहेकी कृतिले यस गित सङ्गै आफुलाई अनुकुल भए अनुसार अवसर आए म्युजिक भिडियो र चलचित्रमा समेत काम गर्ने बताएकी छन।

बान्दे प्रसादको सम्पादन रहेको सो भिडियोको छायांकन राम शरण उप्रेतीले गरेका हुन।

रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो।

(भिडियो)

Previous articleनारायणी र पूर्वी राप्ती लगायत कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
Next articleगोरखाको लापुबेँसीबाट छुटेको बस दुई दिनदेखि सम्पर्कबिहीन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।