विचलित नहुन अध्यक्ष दाहालको आग्रह

चितवन, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुन नहुने बताएका छन् ।

नेकपा चितवनको सचिवालय बैठकमा आइतबार पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर कार्यकर्ताले विचलित मनस्थिति बनाएको भए त्याग्न आग्रह गरे ।

बैठकमा सहभागी जिल्लाका एक नेताका अनुसार अध्यक्ष दाहालले शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भएपनि मिल्ने तर त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुने बताए ।

शीर्ष नेतामा कुनै समस्या नभएको भन्दै प्रचण्डले भने, ‘हामी मिलिहाल्छौँ तपाईंहरुमा समस्या आयो र मिल्नु भएन भने मिलाउन कठिन हुन्छ ।’

तल्लो तहमा पार्टी निर्माणमा लाग्न अध्यक्ष प्रचण्डले जिल्लालाई निर्देशन दिए ।

कार्यकर्तामा समस्या आएमा त्यसलाई जोड्न धेरै मेहनत गर्नुपर्ने भन्दै उहाँले ‘शीर्ष नेतृत्वमा के भयो भन्दा पनि हामी एक छौँ तपाईंहरुलाई हाम्रो यस्तो सुझाव छ’ भनेर सल्लाह दिनसमेत अध्यक्ष प्रचण्डले आग्रह गरे ।

सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन उनले अनुरोध गर्नुभयो । “अर्का अध्यक्ष तथा प्रधानमन्त्री उपचारका लागि अस्पतालमा हुनुहुन्छ त्यहाँबाट फर्केपछि निर्णय कार्यान्वयन हुन्छ”, अध्यक्ष दाहालले भने ।

एक मत भएर उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको भन्दै त्यो कार्यान्वयन हुने उनको भनाइ छ ।

पार्टीले सञ्चालन गरेका गतिविधि र सरकारले गरेका राम्रा कामको विषयमा जनस्तरसम्म लैजान उनले सबैलाई निर्देशन दिए ।

The post विचलित नहुन अध्यक्ष दाहालको आग्रह appeared first on Koshi Online.

मोहनाको मिलिजुली सामुदायिक वनको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित

Previous articleभागबण्डाको राजनीतिले कांंग्रेसमा गलत प्रवृत्ति मौलायो : डा कोइराला
Next articleनारी दिवसको अवसरमा कमलामाई नगरपालिकाद्वारा ६५ जना श्रमिक महिला सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।