सिरहा, २५ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भागबण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले यसले पार्टीलाई भलो नगर्ने भन्दै आफू भागवण्डाको राजनीतिको विरोधमा रहेको बताए ।
गलत प्रवृत्तिबाट काँग्रेस हिँडिरहेको र यसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा जोड दिनुहुँदै नेता डा कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताए ।
काँग्रेसभित्र कोइराला परिवार पनि भावी नेतृत्वका लागि तयार छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता डा कोइरालाले कोइराला परिवार एक ढिक्का भएको प्रतिकृया दिए । उनले आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने बताए ।
डा शशाङ्क, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनको भनाइ थियो ।
सोही पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरी पार्टी एक ढिक्का भएर अघि नबढे आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताइन् ।
The post भागबण्डाको राजनीतिले कांंग्रेसमा गलत प्रवृत्ति मौलायो : डा कोइराला appeared first on Koshi Online.
छ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ


