सातदोबाटोकाे चाैथाे जीत

सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ। सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत हासिल गरेको हो।

यसअघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई पराजित गरेको थियो। सातदोबाटोको जीतमा भुवन बस्नेतले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे। जीतसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोले चार खेलमा १२ अंक जोडेको छ।

यता पुल्चोकको भने यो लगातार चौथो हार व्यहोर्नु परेको छ। लिगको पुछारमा रहेको पुल्चोकले अहिलेसम्म अंक जोड्न सकेको छैन। आगामी चैत २३ गतेसम्म चल्ने लिगमा विभिन्न १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने एक टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने अन्तिम स्थानमा रहने एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ। रासस

बस र मोटरसाईकल ठोक्किँदा रत्ननगरमा श्रीमान्-श्रीमती कै ज्यान गयो

Previous articleपीएसजी र डर्टमुन्ड तथा बार्सा र नेपोलीबीच हुने खेलमा दर्शक नहुने
Next articleस्पेनमा कोरोना संक्रमित १२ सयभन्दा बढी, ला लिगाका खेलहरुमा दर्शक नहुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।