
पीएसजी र डर्टमुन्डबीच बिहीबार राति हुने खेल र आगामी हप्ता बार्सिलोना र नेपोलीबीच हुने खेल कोरोनाका कारण प्रभावित हुने भएका हुन्।
उक्त खेलहरु तोकिएकै समयमा खेलाइने छन्। तर त्यस खेलमा कुनै दर्शक उपस्थित हुने छैनन्।
पहिलो लेगमा पीएसजीमाथि डर्टमुन्डले २–१ को अग्रता लिएको छ। बिहीबार रातिको खेल पीएसजीको घरेलु मैदानमा हुनेछ।
यस्तै बार्सा र नेपोलबीच पहिलो लेगमा एक–एकको बराबरी भएको छ। दोस्रो लेग बार्साको घरेलु मैदानमा हुनेछ। एजेन्सी


