
कोरोनाको उद्गमस्थल चीनको वुहान शहर हो। हालैका दिनमा चीनमा कोरोना संक्रमित र मृतकको दर घट्दै गएको छ।

मंगलबार मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङ वुहान शहर पुगेका थिए। उनले वुहानमा कोरोना नियन्त्रणमा ल्याएको बताएका थिए।
त्यसकै भोलिपल्ट बुधबार चीनले इटलीमा आफ्नो चिकित्सकीय टोली कोरोना नियन्त्रणको लागि पठाउने घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
इटली हाल चीनपछि सबैभन्दा कोरोनाले ग्रस्त मूलुक हो। त्यहाँ १० हजार १४९ संक्रमित पुष्टि भएका छन्। ६३१ को मृत्यु भइसकेको छ।
हाल करिब ६ करोड जनसंख्या भएको इटली ठप्प पारिएको छ। सरकारले कसैलाई घरबाट बाहिर निस्कन दिएको छैन। कोरोना संक्रमित तीब्र गतिमा बढ्दै गएपछि सबैलाई घरमै बस्न भनिएको हो।
चीनले यतिबेला इरान र इराकमा पनि आफ्नो चिकित्सकीय टोली खटाएको छ।
हाल विश्वमा १ लाख २१ हजार १६१ कोरोनाबाट संक्रमित भएका छन्। ४ हजार ३७६ को मृत्यु भइसक्दा ६६ हजार ८९६ उपचारपछि स्वस्थ बनेका छन्।
चीनमा मात्र ८० हजार ७८८ संक्रमित छन्। त्यहाँ ३ हजार १५८ को मृत्यु भइसकेको छ। चीनमा ६१ हजार ५७९ उपचारपछि स्वस्थ बनेका छन्।


