लापरवाहीका कारण दुईको ज्यान गयो

राजविराज । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा एक अवोध बालकसहित दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार साँझ सप्तरीको बोदेबसाईन ८ मा पोखरीमा डुबेर २ वर्षिय बालक अविनाश कुमार यादवको मृत्यु भएको छ । खेल्दा खेल्दै घर नजिक रहेको पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभिभावकले खुल्ला स्थानमा बालबालिकालाई खेल्न दिनु र निगरानी गर्न नसक्दा यस्तो दुःखद घटना भएको प्रहरीको भनाई छ ।  यस्तै जिल्लाको सप्तकोशी नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि कंचनरुप नगरपालिका ६ का २६ वर्षिय चन्द्रमान श्रेष्ठको मृत्यु भएको छ ।

कंचनपुर–फत्तेपुर सडक खण्डमा राती ८ बजथेतिर श्रेष्ठ चढेको बा.४१प. ६८६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. १–०२–०४१ प.७७६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा सो दुर्घटना भएको हो ।

श्रेष्ठलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्को मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका १ बस्ने २८ बर्षिय अशोक साह र २३ वर्षिय सन्नी साह गम्भिर घाइते भएका छन् ।

दुबैको धरानस्थित विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी तिलक भारतीले जानकारी दिए । लापरवाहीले गाडी चलाउँदा सो घटना भएको प्रहरीको भनाई छ ।

The post लापरवाहीका कारण दुईको ज्यान गयो appeared first on Rajdhani Daily News.

बागमती गाउँपालिकामा भूमिहीन दलितलाई लालपुर्जा वितरण

Previous articleहत्या गरिएको अवस्थामा एक दम्पती फेला
Next articleविप्लव समूह प्रतिबन्धको एक वर्ष : बास्कोटा निवासमा बम विस्फोट, एक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।