उज्यालो नेपाल, काठमाडौँ
काठमाडौँको पशुपति नजिक गुह्यश्वरीमा एकजना पुरुषको बेबारिसे लास फेलापरेको छ ! प्लाष्टिकको बोरामा पोको बनाएर फालिएको करिब ३०-३५ वर्षीय पुरुषको शव फेला परेको हो ! मानव बस्तीको विचमा रहेको एउटा झाडीमा परेको शव ४-५ दिन अगाडी हत्या गरि फालिएको हुन सक्ने अनुमान गरिएको छ ! घटना स्थलमा गौशाला प्रहरी वृत बाट प्रहरी निरीक्षक सहितको टोलि पुगेको छ ! बाँकी भिडियोमा हेर्नुहोस !
लकडाउन कडा पार्ने भन्दै प्रशासनले लगायो राजमार्गमै काँडेतार
राम्दीलाई स्याङ्जा र पाल्पा जिल्लाको सीमा मानिएको छ। स्याङ्जा गण्डकी प्रदेशमा र पाल्पा प्रदेश ५ पर्ने भएकाले कालीगण्डकी दुई प्रदेशको सीमाना पनि हो। पोखराबाट बुटबल जोड्ने सिद्धार्थ राजमार्गमा यी दुई प्रदेश जोड्ने कालीगण्डकीमाथि राम्दी पुल बनाइएको छ।
गण्डकी प्रदेशले कोरोना रोकथामका लागि भन्दै लकडाउनलाई अझै कडा बनाउने निर्णय गरेसँगै स्याङ्जातर्फ पुलको मुखमै तारबार लगाएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुरक्षाकर्मी परिचालन गरेर प्रदेश प्रवेशविन्दुमा तारबार लगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए।

‘प्रदेशले लकडाउन कडा बनाउन कोही पनि प्रवेश गर्न नदिने भनेको छ नि त,’ गिरीले सेतोपाटीलाई भने, ‘त्यसपछि हामीले तारबार लगायौं।’
उनले तारबारसँगै सिमानामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको बताए। किन भन्ने प्रश्नमा सहायक सिडिओ गिरीले भने- यसबारे प्रदेशलाई नै सोध्नु। पाल्पाको सीमानामै पर्ने वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले भने यसबारे आफूलाई कुनै जानकारी नदिएको बताए।‘सिमानामा तारबार लगाएका छन् भनेर मैले पनि सुनेको छु,’ उनले भने, ‘यसबारे प्रशासनले मलाई कुनै जानकारी गराएको छैन।’
गण्डकी प्रदेशको कोरोना रोकथाम तथा व्यवस्थापन समितिको वैशाख ५ गते बसेको बैठकले लकडाउन अझै प्रभावकारी बनाउने निर्णय गरेको थियो। समितिका संयोजक एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको अध्यक्षतामा बसेको बैठकको पहिले बुँदामै ‘गण्डकी प्रदेशभित्र अन्य प्रदेशबाट प्रवेश गर्ने व्यक्तिलाई नाकाबाटै फिर्ता पठाउने र प्रदेश भित्रका एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुन सक्ने आवतजावत नियन्त्रण गरी सम्बन्धित जिल्ला/स्थानीय तहमा नै क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउने।’

यही निर्णयमा टेकेर स्याङ्जा प्रशासनले सीमानामा तारबार लगाएको जनाएको छ। यता, गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले भने राजमार्गमा तारबार लगाउने कुनै निर्णय नभएको बताए। ‘चेकजाँचमा कडाई गर्ने भनेको हो, राजमार्ग थुन्ने भनेको होइन,’ उनले सेतोपाटीलाई भने, ‘राजमार्ग अवरोध हुने गरी बन्द गर्न मिल्दैन।’
गण्डकी प्रदेशको अर्को मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गको मुग्लिनमा भने कुनै रोक नलगाएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए। ‘हामीले राजमार्ग बन्द गराउने कुरै हुँदैन,’ अधिकारीले भने,‘हामीले त गाउँगाउँमा जाने बाटोमा स्थानीयले लगाएका तगारा र बार पनि हटाएका छौं।’
रत्ननगर -१४ को वडाध्यक्षमा नेपाली काँग्रेसका होमनाथ रानाभाट विजयी


