बेलायतमा पहिलोपटक कोरोना भाइरसको भ्याक्सिन मानवमा परीक्षण गरिँदै

काठमाडौं, १० बैशाख । बेलायतमा पहिलोपटक प्रयोगात्मक कोरोना भाइरसको भ्याक्सिन मानवमा परीक्षण गर्न स्वयमसेवकहरुमा भोलि बिहीबारबाट सुरू गरिने बेलायती सरकारले खुलासा गरेको छ । बेलायतका स्वास्थ्य सचिव म्याट ह्यान्ककले अक्सफोर्ड यूनिभर्सिटीले विकास गरेको उक्त भ्याक्सिन दुई दिनमा परीक्षण हुने बताएका छन् । उनले क्लिनिकल परीक्षणका लागि २० मिलियन यूरोको र २२.५ मिलियन यूरो भ्याक्सिन अनुसन्धान गर्न लण्डनको इम्पेरियल कलेजका लागि वृद्धि गर्ने घोषणा गरेका छन् ।

डाउनिङ स्ट्रिटको पत्रकार सम्मेलनमा ह्यान्ककले भनेका छन्, “अक्सर्फोडले विकास गरेको भ्याक्सिन विहीबार मान्छेमा परीक्षण गरिनेछ ।” उनले अघि थपे “यस चरणमा पुग्न धेरै वर्ष लाग्नेछ र म अहिले सम्म गरिएको काममा गर्व गर्दछु।” उत्पादन क्षमतामा लगानी गर्ने र यदि यी कुनै पनि खोपहरू सुरक्षित रूपमा काम गरेमा उक्त भ्याक्सिनलाई ब्रिटिश जनताका लागि जतिसक्दो चाँडो मानवीय रूपमा उपलब्ध गराउन सक्ने उनले बताए ।

खोप खोज्ने प्रक्रियाले परीक्षणमा त्रुटिू आए पनि खोजीको नेतृत्व निरन्तर गरिरहनुको साथै ढाँचामा फर्काइने ह्यान्ककले बताएका छन् । ह्यान्ककले भ्याक्सिन विकास सफल पार्नका लागि बेलायतका वैज्ञानिकहरुलाई आवश्यक पर्ने सबै स्रोत उब्लब्ध गराउने जनाए । खोप खोज्ने प्रक्रियाले परीक्षणमा त्रुटिू आए पनि खोजीको नेतृत्व निरन्तर गरिरहनुको साथै ढाँचामा फर्काइने ह्यान्ककले बताएका छन् । ह्यान्ककले भ्याक्सिन विकास सफल पार्नका लागि बेलायतका वैज्ञानिकहरुलाई आवश्यक पर्ने सबै स्रोत उब्लब्ध गराउने जनाए ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना : कृषिमा १० करोड रुपैयाँ खर्च हुने

Previous articleज्ञानेन्द्र शाहीको समर्थनमा रविको आवाज: महामारीका बेला भोकालाई खाना खुवाउनेलाई धन्यवाद दिने हो, सजाय दिने होइन
Next article‘१७ महिने छोरा घरमा छाडी कोरोना ल्या’बमा बिरा’मिलाइ यसरी सेवा गर्दै छिन कन्चन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।