राजधानीको केन्द्रमा चाईनिजको वि’तण्डा, चाईनिजले आक्र’मण गर्दा डिएसपी सहित ३ घा’ईते

शुक्रबार दिउँसो सिंहदरबारअघि प्रहरी र प्रदर्श’नकारीबीच घ’म्साघ’म्सी परिरहेको थियो। कोरोना भाइरसको बेला प्रद’र्शनमा उ’त्रिएर प्रहरीसँग भि’ड्नेहरू नेपाली नागरिक भने थिएनन्। लकडाउनले ४६ दिनदेखि अल’पत्र परेका चिनियाँहरू घर जान पाउँ भन्दै प्र’दर्शनमा उ’त्रिएका थिए। उनीहरूका हातमा ‘आइ वान्ट टु गो होम, ‘नो मनी, निड टु गो होम’ लगायतका प्लेकार्ड थिए। घर जान नपाउँदा उनीहरूको अनुहारमा निरा’सा प्रस्टै देखिन्थ्यो। काठमाडौंस्थित चिनियाँ दूतावासले पनि आफूहरूलाई फर्काउन पहल नगरेकोमा उनीहरू आक्रो’शित पनि थिए।

‘पहिले हाम्रो कार्यालयमा पनि आएका थिए,’ पर्यटक प्रहरी इन्स्पेक्टर अस्मिता कार्कीले भनिन्,’उनिहरूले आफ्नो सूचना दिन चाहेका थिएनन्। राजदूतावासमा पुगेपनि वा’स्ता नगरेपछि भौ’तारिएका हुन्।’ उनका अनुसार त्यसरी अल’पत्र परेका चिनियाँ नागरिक कति छन् र कहिलेदेखि नेपालमा छन् भन्ने औपचारिक जानकारी छैन।

यसअघि उनीहरूले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयअघि ध’र्ना दिएका थिए। आफ्नै दूतावासले पनि घर पठाउन प’हल नगरेपछि उनीहरू प्रद’र्शनमा उ’त्रि’एका हुन्। प्रद’र्शन गर्ने ठाउँ पनि उनीहरूले नि’षेधित क्षेत्र नै रोजे। प्ले’का’र्डसहित चिनियाँहरू प्र’दर्शनमा उत्रि’एपछि प्रहरीले उनीहरूलाई हटा’उन खोज्यो। ध’केलाध’केल सुरू भयो।

एक चि’नियाँले त प्रहरीको बर्दीमै समा’तेर ताने। त’नाव बढेपछि प्रहरीले ला’ठी ब’र्सायो। चिनियाँहरूले मु’क्का हा’न्न थाले। अवस्था नि’यन्त्रण’मा लिन पुरूष प्रहरीले महिलालाई समेत ला’ठी हाने’को भिडिओमा कैद भएको छ। एक जना चिनियाँले ढु’ङ्गा हा’न्दा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घा’इते भएका छन्।

केही चिनियाँ नागरिकलाई पनि चो’टप’टक लाग्यो। पछि थप प्रहरीहरू आएर प्र’दर्शन गर्नेलाई प’क्राउ गरे। उनीहरू करिब ३ देखि ६ महिनाअघि नेपाल आएर काम गरेर बसेका रहेछन्,’ परिसरका एसपी सोमेन्द्रसिंह राठौरले भने,’हामीले ४७ जनालाई नि’यन्त्रणमा लिएर नगर प्रहरी कार्यालयमा राखेका छौं।’ उनीहरूलाई दूतावासबाट कोही आएर छु’टाउन आएपछि छोड्ने राठोरले बताए।

‘अब हामीले चीन नै पठाउने कुरा त हुँदैन,’ उनले भने,’दूतावासबाट कोही प्रतिनिधि आएर छुटाउन आएपछि छोड्छौं।’ यस विषयमा काठमाडौंस्थित चिनियाँ दूतावाससँग सम्पर्क गर्दा त्यहाँका अधिकारीले तत्काल प्रतिक्रिया दिन अ’स्वीकार गरे।

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

Previous articleपुर्व अधिराजकुमारी पूर्णिका भन्छिन्: मैले आफ्नो ‘ड्रिम ब्वाइ’ भेटिसकेँ
Next articleनेपालका नेता कुर्सि तानातान गरिरहँदा भारतले छोप्यो मौका: नेपाली भूमि मिच्दै भारतले खोल्यो चीनसँगको बाटो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।