श्रीमान १७ वर्षभयो दुवईमा हराएको, साउदी पुगेको छोराले पनि फोन गरेन

श्रीमान १७ वर्षभयो दुवईमा हराएको, साउदी पुगेको छोराले पनि फोन गरेन

खोटाङको पाथेकाकी देवी गुरुङका श्रीमान सन्जिव राई वैदेशिक रोजगारीका लागि दुवई पुगेको १७ वर्ष भयो । छोरो विशाल पनि झण्डै साढेतीन वर्षदेखि साउदीमा छन् । तर विदेशमा भएका श्रीमान र छोराले देवीलाई न फोन गरेका छन् न त खर्चबर्चनै पठाएका छन् । छोराको बारेमा अरुले सुनाएपनि श्रीमानको भने कुनै अत्तोपत्तो छैन । छोरो विशालले पहिले फोन गर्थे ।  तर २०७२ सलामा भुकम्प गएकाबेला फोन गरेपछि फोन गर्न छाडेका छन् ।

देवीले अरुमार्फत नै छोराको बारेमा सामान्य जानकारी पाउनु भएको छ । तर श्रीमानको बारेमा भने जानकारी दिने मान्छे समेत छैनन् । साउदीमा दुई वर्ष बसेर फर्किएपछि श्रीमान सन्जिव दुवई जानु भएको थियो । सन्जिवले घर छाड्दा दुई वर्षकी छोरी मन्जिला अहिले कक्षा १२ मा पढ्दैछिन् । मन्जिला खोटाङको सदरमुकाम दिक्तेलमा बसेर पढ्छिन् । देवी भने घरमा एक्लै हुनुहुन्छ ।

२०७१ सालको जेठ ३ गते साउदी उडेका छोराले न खर्च पठाएका छन् नत खबर नै । जानेबेला म्यानपवार कम्पनीलाई एक लाख रुपैयाँ तिरेका थिए । आफ्नै बजुसँग (हजुरआमा) ऋण काडेकोे रकम पनि तिरेका छैनन् । श्रीमान र छोरो विदेश गएपछि सुम्पर्कविहिन हुँदा देवीलाई भने छोरी पढाउन र घरखर्च चलाउन समेत धौ धौ छ । दुवै जनाको भरथेग नभएपछि देवी ढाका र अल्लोको कपडा बनाएर खर्च जुटाउन थाल्नु भएको छ ।

छोराको बारेमा अरु मार्फत खबर सुनेकी देवीलाई श्रीमानको भने कुनै खबर नपाउँदा थप पीडाले सताएको छ । वर्षौंसम्म खबर नआएपछि खोजि गर्न उहाँसँग श्रीमान विदेश जाँदाका कुनै कागजात पनि छैनन् । पठाउने म्यानपावर समेत थाहा छैन । ‘पैसा नकमिए पनि भने भैहाल्यो नि, खेतीपाती गरेर खाँदा पनि हु्रन्थ्यो तर स्रन्चो बिसन्चो पनि थाहा नपाउँदा साह्रै तनाव भएको छ’ देवीले भन्नुभयो ।

 

नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Previous articleश्रीमती ब्वाईफ्रेण्डको अंगालोमा बेरिन थालेपछि पत्नीपी’डित बनेका पतिहरू घर न घा’टको
Next articleपुनर्जन्ममा विश्वास गर्नुहुन्छ?? हेर्नुस एउटा अचम्मको घटना जो डुबेर मरेको ३ वर्ष पछी फेरी जन्मिए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।