दुर्गा प्रसाई भन्छन् , “नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?”

Click Image

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने दावी गरेका छन् । मंगलवार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले काठमाडौं केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि गरेका छन् ।

जेन–जी आन्दोलनसमेत पश्चिमाहरुको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संविधान पुनःस्थापना गर्नु आवश्यक रहेको औँल्याएका छन् । उनले संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहन अनुरोध समेत गरेका छन् ।

नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?

‘हिजोको राजाको शासन एक पटक सम्झिनुस ! गणतन्त्र हुँदै गिरिजा, देउवा, प्रचण्ड, ओलीहुँदै आज जेन–जी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेनजस्ता लुसिफर र सुशिला कार्कीको सरकार, त्यसमा पनि नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिँड्ने सुदन गुरुङ्ग ! भनेपछि देश कहाँ पुग्यो र देश लाई कहाँ लगिँदै छ ? त्यहि भएर धैर्य गर्नुस्, राजा, देउता, धर्म र संस्कृति खोपी मै भए पनि चाहिँदो रहेछ, प्रतिक्षा गर्नुस् !

बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संविधान पुनः स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ । त्यसैले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संवैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनु होला ।

साथै लघुवित्त पीडित, सहकारी पीडित, बैंकबाट कालो सूचिमा परेका र घरवार लिलाम भएका सम्पूर्ण अभियान्ताहरुलाई काठमाडौं केन्द्रित भई देशैभरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।’

Previous articleओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले माग्यो लिखित आदेश
Next articleबालेन र सुदनविरुद्ध चितवनमा पनि मुद्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।