बालेन र सुदनविरुद्ध चितवनमा पनि मुद्दा

Click Image

काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध चितवन प्रहरीमा पनि किटानी जाहेरी परेको छ ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका चितवन जिल्ला संयोजक अमित आचार्यले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझे पनि दर्ता हुन बाँकी रहेको आचार्यले बताए । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै अनेरास्ववियूले विभिन्न जिल्लामा उजुरी दिइरहेको छ ।

जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको आचार्यले बताए । चितवनका एसपी गोबिन्द पुरीले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए ।

Previous articleदुर्गा प्रसाई भन्छन् , “नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?”
Next articleचितवनमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।