५ जुलाईमा दम्माम बाट नेपाल एअरलाइन्स उड्ने बारे अत्यन्त जरुरी सुचना, नेमलिस्ट पनि आयो
उज्यालो नेपाल, असार १७- साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले साउदी अरबको दम्माम बाट नेपाल एअरलाइन्सको पहिलो चार्टर्ड उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! जुलाई ५ मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको दम्माम स्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ ! राजदुताबासको सुचना र उक्त नामावली हेरेर सबैको जानकारीको लागी अवश्य शे-यर गर्नुहोला !


मिति 5 जुलाई २०२० मा नेपाल एयरलाईन्सले दमामबाट गर्ने दोस्रो चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना
नेपाल एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति ५ जुलाई २०२० मा पहिलो चार्टर्ड उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको दमामस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

- हवाई भाडा दर: अमेरिकी डलर 4३० (साउदी रियाल करिब १६१०)
- राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ ।
- हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt.Ltd. का श्री रमेश श्रेष्ठ, फोन नं +00966 583951234, ओम बहादुर कुमाल फोन+0966 595861166, +00966 596820414, +00966 580596140 , +00966 553101644 (Whats App) ईमेल ठेगाना : sureshrajtripathee77 @ gmail.com मा सम्पर्क गर्न अनुरोध छ । (टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला )
४. COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन अनुरोध छ ।सो परीक्षणका लागि निम्न बमोजिम सम्पर्क गर्न सक्नुहुनेछ ।

Dammam
Health Care Polyclinic (CR No. 2050110244), Rihan Hajiameen, Operation Manager, Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA, परीक्षण शुल्क: SAR 160.00
Jubail
Gulf Asian Medical Center, (Department of Laboratory Medicine), Email: info @ gulfasianhealthcare.com, Website: www.gulfasianhealthcare.com, Address: King Abdulaziz Road, P.O.box1714,, Jubail City 31951, KSA, परीक्षण शुल्क: SAR 132.00

(कोभिड-१९ परिक्षण नेगेटिभ भएको कागजात अनिवार्य रुपमा टिकटसँगै राख्नुहोला )
- यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
- स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।
नेपाली राजदूतावास, रियाद। १७ असार २०७७
प्राथमिकताको आधारमा तयार गरिएको नामावली



