कोरोनाभाइरसः चीनका लागि इजरायली राजदूतलाई क्वारेन्टाइनमा राखियो

इजरायली शहर तेल अभिभदेखि दक्षिण कोरियाको राजधानी सियोलसम्मको हवाई यात्राका क्रममा कोरोनाभाइरसबाट संक्रमित चढेको विमानमा राजदूत जेभी चढेकाले भाइरस संक्रमणको आशंकामा उनलाई पनि क्वारेन्टाइनमा राखिएको एएफपीले जनाएको छ।

गतहप्ता जेभी चढेको विमानमा कोभिद–१९ बाट संक्रमित दक्षिण कोरियाली नागरिक पनि चढेको बताइएको छ।

जेभी बेइजिङ फर्केपछि उनलाई क्वारेन्टाइन्मा राखिएको इजरायलको विदेशमन्त्रालयले जनाएको छ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।

मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म २३ हजा ९२ जना कोरोनाबाट संक्रमित उपचारपछि स्वस्थ बनिसकेका छन्।

अस्पताल पुगेर प्रधानमन्त्रीपत्नीले सुनीताको उपचारमा सघाउने वचन दिएपछि…

Previous article‘मर्यादित महिनावारी’बारे छलफल गर्न २० देशका विज्ञ नेपाल आउँदै
Next articleजग्गा विवादमा सिंगै परिवारमाथि कुटपिट, दुई जना अस्पताल भर्ना (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।