अघिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अस्ताए

अघिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अस्ताए

काठमाडौं । गोर्खा सैनिकमा भर्ती भएका नेपालीहरुले भारतको सिमा रक्षा गर्दा अहिले सम्म थुप्रैको ज्या’न गएको छ भारतले सिमा विवाद भएका स्थानमा गोर्खा सैनिकलाई पठाउने गरेको छ । सिमानामा भारतको भूमी रक्षा गर्दा ज्यान गुमाएका नेपालीहरुमा सम्बुर गुरूङको पनि नाम थपिएको छ।

उनी गुल्मीका हुन्। पाकिस्तानको सीमा क्षेत्र जम्मु कस्मिरमा ३/८ जिआरमा कार्यरत सम्बुरको सिमानामै ज्यान गएको छ । भारत माथि पाकिस्तानले गरेको गो’लाबारीमा उनको ज्या’न गएको दावी भारतले गरेको छ ।  उनको निधनको खबरले गुल्मीमा शोक छाएको छ।  भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरूङले दिनहुँ घरमा फोन गर्थे ।

फोटो : भारतीय सेना

उनको श्रीमती बालमाया गुरूङ भने काठमाडौं बस्दै आएकी छन् दिनहुँ जसो श्रीमानसंग उनको कुरा हुनथ्यो। विहिवार पनि उनको श्रीमानसंग कुरा भयो । तर त्यतीबेला श्रीमानले आफु ल’डाइमा जान लागेको कुरा सुनाएका थिएनन्। यु’द्ध विराम भएका कारण उनले पनि ल’डाइको आँकलन गरेका थिएनन् ।

तर शुक्रबार बिहानै अचानक भएको गो’लाबारीमा उनको ज्या’न गयो।सम्बुरको छोरी इलाले बुवासंग बुधवार बिहान कुरा गरेका बताएकी छन् । शुक्रबार बिहान इला सु’तिरहेकै बेलामा फोन आयो । आमा एक्कासी रु’न थालेपछि इलाले थाहा पाइन् बुवा यो संसारमा हुनुहुन्न । उनलाई फोनमा कसैले भन्यो तिम्रो बुबा सहिद हुनुभयो।’ भारतीय सेनामा सम्बुर भर्ती भएको १८ वर्ष पुगेको उनको आफन्तले जनाएका छन्। बुधवार फोनमा कुरा हुँदा अब म दर्शैमा आउछु भनेर भनेका थिए।

हेलिकप्टरबाट सुत्केरीको उद्दार

Previous articleपढ्नै नसकिने कमेन्ट आएपछी डि’प्रेस’नमा दिपाश्री निरौला
Next article“बिदेशमा दाजुभाइले चेलीबेटीलाई सहयोग गर्ला भन्दा लब पो गरम भन्छन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।