अघिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अस्ताए

0
73

अघिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अस्ताए

काठमाडौं । गोर्खा सैनिकमा भर्ती भएका नेपालीहरुले भारतको सिमा रक्षा गर्दा अहिले सम्म थुप्रैको ज्या’न गएको छ भारतले सिमा विवाद भएका स्थानमा गोर्खा सैनिकलाई पठाउने गरेको छ । सिमानामा भारतको भूमी रक्षा गर्दा ज्यान गुमाएका नेपालीहरुमा सम्बुर गुरूङको पनि नाम थपिएको छ।

उनी गुल्मीका हुन्। पाकिस्तानको सीमा क्षेत्र जम्मु कस्मिरमा ३/८ जिआरमा कार्यरत सम्बुरको सिमानामै ज्यान गएको छ । भारत माथि पाकिस्तानले गरेको गो’लाबारीमा उनको ज्या’न गएको दावी भारतले गरेको छ ।  उनको निधनको खबरले गुल्मीमा शोक छाएको छ।  भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरूङले दिनहुँ घरमा फोन गर्थे ।

फोटो : भारतीय सेना

उनको श्रीमती बालमाया गुरूङ भने काठमाडौं बस्दै आएकी छन् दिनहुँ जसो श्रीमानसंग उनको कुरा हुनथ्यो। विहिवार पनि उनको श्रीमानसंग कुरा भयो । तर त्यतीबेला श्रीमानले आफु ल’डाइमा जान लागेको कुरा सुनाएका थिएनन्। यु’द्ध विराम भएका कारण उनले पनि ल’डाइको आँकलन गरेका थिएनन् ।

तर शुक्रबार बिहानै अचानक भएको गो’लाबारीमा उनको ज्या’न गयो।सम्बुरको छोरी इलाले बुवासंग बुधवार बिहान कुरा गरेका बताएकी छन् । शुक्रबार बिहान इला सु’तिरहेकै बेलामा फोन आयो । आमा एक्कासी रु’न थालेपछि इलाले थाहा पाइन् बुवा यो संसारमा हुनुहुन्न । उनलाई फोनमा कसैले भन्यो तिम्रो बुबा सहिद हुनुभयो।’ भारतीय सेनामा सम्बुर भर्ती भएको १८ वर्ष पुगेको उनको आफन्तले जनाएका छन्। बुधवार फोनमा कुरा हुँदा अब म दर्शैमा आउछु भनेर भनेका थिए।

हेलिकप्टरबाट सुत्केरीको उद्दार

Previous articleनेपाली दुताबासको सूचना: जुलाई ९ मा रियाद बाट अर्को उडान हुँदै, नाम लिस्ट पनि आयो
Next article“बिदेशमा दाजुभाइले चेलीबेटीलाई सहयोग गर्ला भन्दा लब पो गरम भन्छन