Home Uncategorized पढ्नै नसकिने कमेन्ट आएपछी डि’प्रेस’नमा दिपाश्री निरौला

पढ्नै नसकिने कमेन्ट आएपछी डि’प्रेस’नमा दिपाश्री निरौला

ईटहरी/ पछिल्लो केही समय यता नेपाली सिने उधोगमा ईतिहासमै नभएको आरोपप्रत्यारोपका कुराले अब सिनेमा उधोगको बाटो कता ? भन्ने प्रश्न सिर्जना गरेको छ । लकडाउनमा बर्षा राउत देखि पुजा शर्मा, सुष्मा कार्की, दिपक राज गिरि, साम्राज्ञी राज्य लक्ष्मी शाह, दिपाश्री निरौला सम्म विवादको भुमरिमा फसे । अन्तत दिपाश्री निरौला डिप्रेशनमा समेत पुगेकी छन् । यो कुराको जानकारी निर्माता अशोक शर्माले गराएका छन् ।

उनले फेसबुकमा एक स्ट्याटस लेख्दै यो बताएका हुन । उनले सुशान्तको उदाहरण दिदै त्यस्तो कुनै कदम नचाल, हामी सबै तिम्रो साथमा छौ भनि डिप्रेसनमा पुगेका निरौलाको घर जाँदै गरेको पनि लेखेका छन् । यस्तै उनले यसको जिम्मेवारी त्यो अन्तरबार्ता लिने, अश्लिल कमेन्ट गर्ने, अश्लिल ट्रोल र टिकटक बनाउनेहरुले लिनुपर्ने लेखेका छन् ।दिपालाई केही हुनबाट बचाउन सबै कलाकर्मीहरु संबेदनसिल हुन समेत उनले आग्रह गरेका छन् । हेर्नुस् उनको स्ट्याटस जस्ताको त्यस्तै ।

‘तितो सत्य – भाग – 11 : म आज संबेदनशील, भावुक र आक्रोसित हुदैँ यो status लेख्दै छु, भर्खर दीपाश्री बहिनि संग कुरा भयो दिपा डिप्रेसन मा गैसकेको छ, सुसान्त सिंह राजपुत को मुम्बई को घटना ताजै छ, हुन त मैले दिपा बहिनि लाई तिमि तेस्तो कुनै कदम न चाल हामी सबै तिम्रो साथमा छोउ भनेर म उस्को घर तिर जादैछु, एस्को कारण के हो थाहा छ तपाइहरुलाई. ?

पहिलो कारण, रजत पट को अन्तर्वार्ता, जसमा राजेश हमाल को बारे मा राम्रो भनिएको कुरा काट छाट गरेर देखाएको छ.
दोस्रो कारण, तेश अन्तर्वार्ता पछि आएको comments, जो अस्लिल ता को परकास्ट छ, एस्को जिम्मेवारी त्यो अन्तर्वार्ता लिने र ती अस्लिल कमेन्ट लेख्ने हरू, ती अस्लिल troll बनाउने अस्लिल tik tok बनाउने हरू ले लिनु पर्छ उनीहरु लाई कानुन को दयारा मा तान्नु पर्छ, दीपा लाई केहि हुन बाट बचाउन सबै कला कर्मी हरू संबेदनसिल बानोउ मेरो अनुरोध.
क्रमश……’

पछिल्लो समय दिपा रजतपट अन्कल नामक एक कार्यक्रममा लिएको अन्तरबार्ताका कारण विवादत बनेकि थिइन् । प्रकाश सुवेदीले लिएको त्यस अन्तरबार्तामा उनले राजेश हमाल महानायक हैनन भन्ने किसिमको अभिव्यक्ति दिएपछी उनको चर्को बिरोध भएको थियो । अन्ततः उनले माफी पनि मागिन । सेलाउने क्रममा रहेको बिषय दिपक राज गिरिले ‘चटपटे अन्तरबार्ता बहिस्कार गरौ’ र ‘जबर्जस्ति महानायक बनाउनेहरुलाई धन्यवाद’ भन्दै लेखेको स्ट्याटसका कारण विवाद झनै उत्कर्समा पुग्यो ।

यसकारण दिपा र दिपकलाई महनायक, महानायिका भन्दै फोटो जोडेर सामाजिक संजालमा ट्रोल बनाउन थलियो । जहाँ अश्लिल कमेन्टहरुको लहर नै चलेको देखिन्छ । अशोक शर्माले माथी पोस्ट गरेको उक्त स्ट्याटसमा पनि दिपक दिपाको लागि सकारात्मक कमेन्ट आएको छैन । यता सो रजतपट अन्कल कार्यक्रम संचालक प्रकाश सुवेदीले पनि दिपक र दिपाको लागि एक स्ट्याटस लेखेका छन् । उनले ‘अभिव्यक्ति स्वतन्त्रता सबैलाई हुन्छ’ भन्दै दिपासंग आफ्नो सम्बन्ध दाजु बहिनिको रहेको लेखेका छन ।

दिपा र दिपकको बिचमा बसेको तस्वीर सहित गरेको उनको पोस्टमा ‘टीका टिप्पणी गर्ने बहानामा एउटी नेपाली चेलीमाथी गरिएको गाली गलौज, त्यो पनि तल्लो स्तरमा गिरेर ब्यक्त गरिएका भावनाहरु कुनै पनि दाइका लागि सह्य हुदैन । र हुनु पनि हुन्न ।’ भनेका छन् । जुन कुराले आफ्नो मन कुडिएको र रोएको बताएका छन भने त्यस्ता टिप्पणी नगरिदिन सबैलाई अनुरोध पनि गरेका छन् । हेर्नुस् उनको स्ट्याटस जस्ताको त्यस्तै ।

‘अभिव्यक्ति स्वतन्त्रता सबै लाई हुन्छ । ब्यक्त गरिएका अभिव्यक्ति प्रती टिकाटिप्प्णी गर्ने, त्य्स्मा सल्लाह सुझाव दिने अधिकार पनि सबैलाइ छ । दीपा श्री निरौला एक कलाकार मात्र होइनन , निर्देशक मात्र होइनन उनी कसै कि छोरी कसैकी चेली पनि हुन । नेपाली नारी हुन । र दीपा सङ को मेरो सम्बन्ध भनेको दाजु बहिनी को सम्बन्ध हो । उनले ब्यक्त गरेका अभिव्यक्ति हरु बारे कार्यक्रम मै समिक्षा गरौला, गरिरहेकै छु ।

त्यो अलग पाटो हो । तर टीका टिप्पणी गर्ने बहाना मा एउटी नेपाली चेली माथी गरिएको गाली गलौज त्यो पनि तल्लो स्तर मा गिरेर ब्यक्त गरिएका भावना हरु कुनै पनि दाइ का लागि सह्य हुदैन । र हुनु पनि हुन्न । प्रोफेशन र रिलेशन लाई सदैव अलग राख्ने मान्छे हु म तथापि एउटी बहिनी माथी गरिएका अभद्र अशोभनीय टीका टिप्पणी ले मेरो मन कुडिएको छ । रोएको छ । यसर्थ कृपया त्यस्तो टिप्पणी नगरिदिन हुन म बिनम्र अनुरोध गर्दछु ।’ source:purbelinews

पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता

Previous articleसाउदी बाट नेपाल जान अनलाइनबाट फारम भरेका नेपालीहरुलाई नेपाली राजदूतावासको सूचना ।
Next articleअघिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अस्ताए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।