Home चितवन सेरोफेरो चितवनमा तीनवटा सवारी एकआपसमा ठोक्किए, ३३ जना घाईते

चितवनमा तीनवटा सवारी एकआपसमा ठोक्किए, ३३ जना घाईते

उज्यालो नेपाल— शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस ठोक्किएको हो ।

त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा .प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बससमेत ठोक्किएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटनापछि सडकमा पल्टिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरूको उद्धार गरी चितवनका विभिन्न अस्पताल पुर्‍याएको छ । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

क्रेनको सहायताले दुर्घटना भएको सवारि साधन हटाएर आज बिहान २:५५ बजेबाट सडक एकतर्फी सञ्चालन गराइएको छ ।

Previous articleगृहमन्त्री हटाउन बालेन लागेको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय
Next articleतीन महिनामा सशस्त्र र प्रहरीका एक हजारले दिए राजीनामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।