चितवनमा तीनवटा सवारी एकआपसमा ठोक्किए, ३३ जना घाईते

Click Image

उज्यालो नेपाल— शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस ठोक्किएको हो ।

त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा .प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बससमेत ठोक्किएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटनापछि सडकमा पल्टिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरूको उद्धार गरी चितवनका विभिन्न अस्पताल पुर्‍याएको छ । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

क्रेनको सहायताले दुर्घटना भएको सवारि साधन हटाएर आज बिहान २:५५ बजेबाट सडक एकतर्फी सञ्चालन गराइएको छ ।

Previous articleगृहमन्त्री हटाउन बालेन लागेको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय
Next articleतीन महिनामा सशस्त्र र प्रहरीका एक हजारले दिए राजीनामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।