उज्यालो नेपाल, साउन ८- साउदीको रियादमा रहेको नेपाली राजदुतावासले साउदीमा बस्ने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ! राजदूतावासका केही कर्मचारीहरु समेत केहि दिन क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको र ईद पर्वको लामो विदा समेत परेकोले दुताबास बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु केहिदिनको लागी स्थगित गरिएको भन्दै दुताबासले सुचना जारी गरेको हो! यदि तपाई यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी सक्दो शे-यर गरिदिनुहोला ! दुताबासको सूचना यस्तो छ !


**नेपाली राजदूतावास रियादको जरुरी सूचना***
१. कोरोना संक्रमणको असहज परिस्थितिमा यस राजदूतावासका केही कर्मचारीहरु समेत केहि दिन क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था भएकाले राजदूतावासको काउन्टरबाट प्रदान गरिने सेवाहरु आज मध्यान्नबाट लागू हुने गरी मिति २०७७।४।२० गते ( तदनुसार अगस्ट ४, २०२०) सम्मका लागि स्थगित गरिएको छ । यसैबीच ईद पर्वको लामो विदा समेत परेकोले नेपाली राजदूतावासले नेपाली कामदारहरुका सम्बन्धमा साउदी सरकारी कार्यालयबाट लिने सेवाहरु पनि सुचारु हुने छैनन् ।

२. स्वदेश फिर्ती सम्बन्धी उडानहरूको तालिका प्राप्त हुनासाथ नेपाली राजदूतावासले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्ने भएको हुँदा अब हुने उडानहरुको बारेमा टेलिफोनबाट सोधिरहनु नपर्ने व्यहोरा अनुरोध छ ।

३. यस बीचमा कसैलाई अत्यावश्यक काम परी राजदूतावासमा सम्पर्क गर्नु परेमा राजदूतावासका हटलाइन ०५५९३८९६०० अर्को एक टेलिफोन नं ०५०००३४७८६ वा कामसँग सम्बन्धित कर्मचारीहरुको मोवाइलमा सम्पर्क गर्नुहुन अनुरोध छ । मोवाइल नम्वरहरु राजदूतावासको वेभसाइटमा रहेको व्यहोरा पनि अनुरोध छ ।
नेपाली राजदूतावास, रियाद । ०८ श्रावण २०७७



