देशको चिन्तामा बोले रवि लामिछाने: भन्छन, बा बौलाए भने बालाई पाता कसेर भएपनि उपचार गराउनु पर्छ
उज्यालो नेपाल, ९ साउन- रवि लामिछाने बिगत केहि वर्ष देखि चर्चाको शिखरमा छन् ! लोक कल्याणकारी पत्रकारीका गरेर सर्वसाधारण नेपाली विच आफ्नो छुट्टै पहिचान बनाउन सफल उनि बेलाबेलामा देशका समसामयिक विषयमा आफ्ना भिन्न विचार राख्ने गर्छन! विशेष गरि उनका भनाईले राजनीतिलाई पेशा बनाएर देश लुटन पल्केका मानिस र ति मानिसका चेलाचपेटाहरुको निद हराम हुने गर्दछ! यिनै चर्चित पत्रकार रबि लामिछानेले अब युवाहरु जाग्नको लागि आग्रह गरेका छन् , आज उनले आफ्नो फेसबुक एकाउण्ट मा एउटा स्टाटस लेख्दै युवालाई उठ्नको लागि अनुरोध गरेका छन् ।


हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै :
“कुरा श्रीमतीको ह’त्या गरी श’व जलाउने एउटा क्रुर हत्या’रा रन्जन कोइरालाको उन्मुक्तिको मात्र होइन, कुरा सडक पेटीमा सुतेकाको छातीमा जाँड खाएर गाडी चडाउने पृथ्वी मल्लको रिहाईको मात्र पनि होईन। यो त समग्र प्रणाली पुरै जिर्ण भैसकेको जनाउ संकेत हो, घण्टी हो। अब कुरा रिटेलमा होइन होलसेलमा गरौं,पिस मा होइन सिंगै थानमा गरौं।

त्यत्रो त्याग, बलिदानबाट प्राप्त उपलब्धिले दिएको नतिजा हेर्दा, पुरानो जहानिया शासनमा र एकतन्त्रीय ब्यवस्थामा भन्दा फरक अनुभुती नागरिकले गर्न पाएनन्। हिजो पनि भाइ भारदारले घेरिएका थिए आज पनि त्यसै गरि घेरिएका छन्। प्रहरी, प्रशासन,अख्तियार,अदालतमा किन आफ्ना मान्छे राखिन्छ भने उहाँहरुलाई कन्फर्म थाहा छ कि सत्तामा पुगेर गलत त गर्नु नै छ।

ब्यवस्था उत्तम,मान्छे खत्तम हुनुको नतिजा हामी भोगिरहेका छौ।अब एउटा जोड्दार झट्का लगाएर पुरानो पुस्ताका सबैलाई आराम गराउने हो भने यी उपलब्धिको आधारमा मुलुकले सुख नै सुख पाउँछ। ९९% काम उहाँहरुले गरिदिनु भएको छ। अब १% काम बाँकी रह्यो ।त्यो भनेको यो सुन्दर ब्यवस्थामा लागेका फोहरको सफाइ मात्रै हो।अब त सजिलो पनि छ, हिजोका दिनमा जस्तो कठिन संघर्ष नै चाहिदैन।

बा ले घर बनाइदिए भन्दैमा बा लाई यो घर जुवामा दाउ लगाउन दिने त? बा ले पढाए हुर्काए भन्दैमा र’क्सी खाएर भकुर्न दिने त? बा बौलाए भने बालाई पाता कसेर भएपनि आराम र उपचार गराउनु पर्छ। बा हुन् नी! हो त्यो “सानो काम” गर्न “ठुलो प्रतिज्ञा” लिन अब ढिला गर्नु हुन्न। केही “नमुनाहरुलाई” घर बाट निस्कनै नदिने हो भने यो घर नमुना बन्छ। ठुलो संघर्ष बा हरुले गरे, ठुलो उपलब्धि बा हरुले लडेर उपलब्ध गराए तर बा हरु बौलाए।

हिजो यो देश बचाउने बा हरु बाट नै अब यो देश बचाउनु पर्ने देखियो। त्यसलागि एउटा सानो चिटिक्क परेको क्युट खाले क्रियटिभ शान्त तर प्रभावकारी बिद्रोह/आन्दोलन/ अभियान/ मुभ्मेन्ट/हल्लाबोल/शंखनाद/ क्रान्ति … को टाइम आयो। उज्यालो भयो, उठौ साथी हो!


