नारायणी पुलमा आज र भोली दुई रात सवारी चलाउन रोक

Click Image

भरतपुर । नारायणी नदीको पुलमा दुई रात सवारीसाधन चलाउन रोक लगाइएको छ ।

नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने नारायणी पुलको पश्चिम (नवलपुर) तर्फको एप्रोच सडक कालोपत्रका लागि मंसिर ५ र ६ गते राति सवारीसाधन चलाउन रोक लगाइएको छ । राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने नारायणगढ बुटवल सडक (पूर्वी खण्ड) ले जनाएको छ ।

बुटवलबाट नारायणगढतर्फ छिर्ने सवारीसाधनहरू थुम्सीदेखि भेडाबारीमा र ठूला मालबाहक सवारीसाधनहरू बेल्डिहादेखि प्रगतिनगरमा रोकिने छ ।

मुग्लिन–नारायणगढ सडकको रामनगरदेखि जुगेडी र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङमा रोकिने छ ।

मालबाहक सवारीसाधनको हकमा मुग्लिन–नारायणगढ सडकको जुगेडीदेखि दासढुंगा र पूर्वपश्चिम राजमार्गको गोन्द्राङदेखि टिकौलीमा रोकिने छ ।

Previous articleसेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु
Next articleखैरहनीका एक युवक दुई वर्षदेखि युक्रेनको जेलमा : उद्धार गरिदिन परिवारको अनुनय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।