निराजन घिमिरे, भदौ ३०- काठमाण्डौ – साउदीको रियाद बाट विभिन्न मितिमा थप ४ वटा चार्टर्ड उडान हुने भएको छ । गएको १६ गतेदेखि केहि देशहरुमा नियमित उडान खुले पनि साउदीमा पिसिआर सहज नभएको भन्दै सरकारले साउदी बाट नियमित उडान सुरु गरेको छैन! त्यसैले यहि सेप्टेम्बर १७ देखि २७ सम्म साउदीको रियाद बाट हुने नेपाल एअरलाइन्सको चार्टर्ड उडान तालिका सार्वजनिक भएको हो ।


यो अवधिमा नेपाल एअरलाइन्सकोले रियाद बाट ४ ओटा उडान गर्नेछ ! सेप्टेम्बर १७, १९, २३ र २७ तारिखमा रियाद बाट काठमाडौँको लागी उडान हुने भएको हो! यस अघि दुताबासले विभिन्न मितिमा सार्वजनिक गरेको प्राथमिकताको सुचिमा रहेका नेपालीहरु यी चार ओटा उडान बाट नेपाल फर्कन सक्नेछन !

यसै सम्वन्धमा साउदीको रियादमा रहेको नेपाली दुताबासले उक्त उडान मार्फत नेपाल जाने यात्रुहरुको लागी जरुरी सुचना जारी गरेको छ! यदि तपाई यो सुचना पढ्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो सूचनालाई अवश्य शे-यर गरिदिनुहोला! दुताबासको सुचना यस्तो छ!

साउदीको राजधानी रियाद बाट निम्नलिखित तालिका बमोजिम थप उडानहरू तय भएकोले नेपाली राजदूतावासले विभिन्न मितिमा प्रकाशित गरेको सूचीमा नाम समावेश भएकाहरुले नेपाल एअरलाइन्सको रियाद स्थित टिकेटिंग प्रतिनिधिकोमा सम्पर्क गर्नुहुन अनुरोध छ! उडान सम्बन्धी थप विवरण सम्बन्धित एयरलाइन्सबाट प्राप्त गर्नु हुन पनि अनुरोध छ!

उडान हुने मितिहरू
- १७ सेप्टेम्बर २०२०
- १९ सेप्टेम्बर २०२०
- २३ सेप्टेम्बर २०२०
- २७ सेप्टेम्बर २०२०
सम्पर्क व्यक्ति
नेपाल एअरलाइन्स
- सुरेश त्रिपाठी , २५९७९२०४६५/०५८०५९६१४/०५५३१०१६४४
- रमेश श्रेष्ठ ०५८३९५१२३४
नेपाली राजदुताबास, रियाद, २९,भाद्र २०७७



