साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो ; तपाईको नाम आयो कि आएन? हेर्नुहोस्

साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो ; तपाईको नाम आयो कि आएन? हेर्नुहोस्

उज्यालो नेपाल, भाद्र असोज १- साउदी अरबमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका, Exit Visa को लागी आवेदन दिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ ! दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ ! यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ !

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुकाे नाममा बहिर्गमन भिषा प्रदान गरेकाे छ।

यो प्रकृयाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म १,००१ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि ९४८ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ । नयाँ Exit visa जारी भएका ५३ जनाकाे नामावली यसैसाथ संलग्न छ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषा (Exit Visa)का लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा Exit Visa लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ।

बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्नु हुन अनुरोध छ। नेपाली राजदूतावास, रियाद । २०७७।०६।०१

एक महिनासम्म लाग्ने मत्स्यनारायणको मेला आजदेखि सुरु

Previous articleम’रेर गा’डेको बच्चा परमेश्वरले बचा’ईदिनुहुन्छ भन्दै खा’ल्टो बाट झि’केर यस्तो अच’म्म गरे
Next articleसाउदी बाट बिदामा नेपाल आएका व्यक्तिहरुलाई नेपाली दुताबासको अत्यन्त जरुरी सूचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।