Home Uncategorized पीसीआर रिपोर्ट बोकेर विदेश जाँदै हुनुहुन्छ? हो’सियार ! विमानस्थलबाटै फर्किनु पर्ला

पीसीआर रिपोर्ट बोकेर विदेश जाँदै हुनुहुन्छ? हो’सियार ! विमानस्थलबाटै फर्किनु पर्ला

पीसीआर रिपोर्ट बोकेर विदेश जाँदै हुनुहुन्छ? हो’सियार ! विमानस्थलबाटै फर्किनु पर्ला

काठमाडौं । स्याङ्जाका जमान गुरुङ बिहीबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभयो । ९ वर्षदेखि यूएई काम गर्दै आउनुभएका उहाँ गत फेब्रुअरीमा विदामा नेपाल आउनु भएको थियो । कोरोना महा’मारीका कारण काममा फिर्ता जान पाउनु भएन। अन्तर्राष्ट्रिय उडान खुलेपछि उहाँ काममा फर्किनका लागि विमानस्थल पुग्नुभएको थियो । एयर अरेबियाको जहाजबाट बिहीबार दिउँसो १:३० बजेको उडान थियो ।

उडानका लागि पीसीआर रिपोर्ट अनिवार्य थियो । जमान ढुक्क हुनुहुन्थ्यो,किनकी उहाँको हातमा पीसीआर ने’गेटिभ भएको रिपोर्ट थियो । तर उहाँलाई एयर अरेबियाले आफ्नो जहाजमा लान मानेन । आफूले सूचिकृत गरेको प्रयोगशालाको रिपोर्ट नभएको भन्दै जमानलाई विमानस्थलबाटै एयर अरेबियाले फिर्ता पठाएको हो । जमानले लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयर प्रयोगशालामा पीसीआर परीक्षण गराउनुभएको थियो ।

एयर अरेबियाले स्टार र ह्याम्स अस्पतालको पीसीआर रिपोर्ट मात्रै मान्य हुने बताउँदै आफूलाई फिर्ता पठाएको जमानले बताउनु भयो। एयर अरेबियाले आफ्नो एयरमार्फत उडान गर्नका लागि स्टार र ह्याम्स अस्पतालमै पीसीआर परीक्षण गर्नुपर्ने नियम तोकेको थियो । त्यसबाहेक अन्यमा गरेको परीक्षण मान्य नहुने भनेपछि टिकट का’ट्ने बेलामा स्पष्ट जानकारी दिनै पर्ने हुन्छ । तर त्यतिबेला परीक्षण रिपोर्टबारे केही नभनिएको खुरुक्क पैसा लिएर टिकट का’टिएको पीडित गुरुङले जानकारी दिनुभयो ।

Tribhuwan International Airport
Tribhuwan International Airport

टिकट का’ट्ने बेला एयरलाइन्सले केही पनि भनेन,सोही बेला जानकारी गराएको भए म उनीहरुले भनेकै प्रयोगशालामै पीसीआर परीक्षण गर्थेँ’गुरुङले भन्नुभयो तर अन्तिम समयमा विमानस्थलबाट फर्किनु पर्‍यो। विमानस्थलबाट फर्काइएपछि गुरुङ टिकट का’टेको ठाउँमा आफ्नो स’मस्या सुनाउन पुग्नुभयो ।

तर ट्राभल एजेन्सीले टिकटको रकम फिर्ता गर्न नमिल्ने जानकारी दियो । केही गर्न सकिदैन भन्ने जवाफ एजेन्सीले दियो । गंगबुको च्याइस ट्राभल्सले नारायणपहटी दरबार उत्तरढोका रहेको लाइट ट्राभल्स एण्ड टुर्समार्फत एयर अरेबियाको टिकट का’टिदिएको थियो । जमान गुरुङले टिकटबापत ३८ हजार तिर्नुभएको थियो ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

विमानस्थव प्रवक्ता देवचन्द्रलाल कर्णले सरकारले तोकेको जुनसुकै प्रयोगशालाको रिपोर्टलाई मान्यता दिइनु पर्ने बताउनु भयो। हामीले भनिरहेका छौँ तर एयरलाइन्सहरुले आफ्नो रिक्वायरमेन्ट पुग्ने प्रयोगशालाको मात्रै रिपोर्ट मान्ने भनिरहेका छन्। नेपाल सरकारले तोकेका प्रयोगशालाहरुको रिपोर्टलाई मान्यता दिन पहल गरिरहेको कर्णले जानकारी दिनुभयो।

मित्रनगरस्थित एक गेस्ट हाउसमा बसिरहेका जमान अ’न्योलमा परेका छन् । उहाँलाई यूइर्ए पुग्नुपर्ने छ । उहाँले फर्किनका लागि पुन एयर अरेबियाले तोकेकै ठाउँमा परीसीआर गर्नु पर्ने भएको छ र उता टिकट का’टेको पैसा उसै खर्च भएको छ । अब अर्काे दिन जानका लागि अर्कै टिकट का’ट्नु पर्ने बा’ध्यता आइलागेको छ । मत साह्रै अन्यायमा परेँ कहाँ गएर कसलाई भनेर न्याय पाइन्छ ? हाम्रो कुरा कसैले सुन्दैन गुरुङ दु’खेसो पोख्नुहुन्छ।

वीरगन्जमा अवैधरुपमा सञ्चालित एक शैक्षिक संस्थामा शिलबन्दी

Previous articleप्लेनको डबल सिटमा एकजना मात्र राखेर उडाउनु पर्ने सरकारको नियम हट्यो
Next articleआज बेलुका संसारकै सबैभन्दा अग्लो भवन दुबई स्थित बुर्ज खलिफामा नेपालको झन्डा झलमलाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।