आज बेलुका संसारकै सबैभन्दा अग्लो भवन दुबई स्थित बुर्ज खलिफामा नेपालको झन्डा झलमलाउने

संविधान दिवसको अवसरमा आज संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइने भएको छ। संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

दूतावासले एक विज्ञप्ति जारी गर्दै आज शनिबार साँझ ८ बजे दुबईस्थित बुर्ज खलिफा र अबुधाबीस्थित एडनोक भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जनाएको हो । दूतावासको अनुरोधमा अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा सो भवनमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो। सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको बुर्ज खलिफा भवनको उचाई ८२९.८ मिटर छ।
दूतावासद्वारा जारी विज्ञप्ति यस्तो छ



