साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो: दुताबासको सुचना सहित नामावली हेर्नुहोस

साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो: दुताबासको सुचना सहित नामावली हेर्नुहोस

उज्यालो नेपाल, भाद्र असोज २९- साउदी अरबमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका, Exit Visa को लागी आवेदन दिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ ! दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ ! यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ !

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुकाे नाममा बहिर्गमन भिषा प्रदान गरेकाे छ।

यो प्रकृयाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म १,१३१ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि १,०९४ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ । नयाँ Exit visa जारी भएका ३७ जनाकाे नामावली यसैसाथ संलग्न छ।

साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषा (Exit Visa)का लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा Exit Visa लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ।

बहिर्गमन भीसा जारी भएकाहरुले नेपाल जाने तयारी गर्नु हुन अनुरोध छ। नेपाली राजदूतावास, रियाद ।

प्रस्तावित ६ जना मध्ये ३ जना राजदूतको संसदीय सुनुवाइ पूरा

Previous articleआफ्नै मृगौला बि, क्रीमा भन्दै बिज्ञापन राख्ने युवा रुदै मिडियामा,धुरुक्कै रुवाए दर्द,नाक (भिडियो)
Next articleबला’त्कारी संग’ठन (रे’पर एसो’शिएसन) बनाउने व्यक्ति प्रहरी फ’न्दामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।