जय पशुपतिनाथ !! नौ महिना देखि बन्द पशुपतिनाथको मन्दिर आज देखि खुल्यो

जय पशुपतिनाथ !! नौ महिना देखि बन्द पशुपतिनाथको मन्दिर आज देखि खुल्यो

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ । कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो । मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ ।

पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तन भने तत्काल नहुने भएको छ । चैतपछि पशुपतिनाथमा भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन् ।

निजामती विधेयक संसद्‍मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

Previous articleकोरोनाका कारण नौ महिना देखि बन्द मनकामना केबलकार खुल्यो, भक्तजनको लाग्यो भिड
Next articleअरबी मुदिरले ११ वर्ष सम्म घरमा थु’नेर काममा लगाईएकि लीलामाया नेपाल आईपुगिन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।