कोरोनाका कारण नौ महिना देखि बन्द मनकामना केबलकार खुल्यो, भक्तजनको लाग्यो भिड

0
70

कोरोनाका कारण नौ महिना देखि बन्द मनकामना केबलकार खुल्यो, भक्तजनको लाग्यो भिड

काठमाण्डौ । करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवापुनः संचालनमाआएको छ। मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णयअनुसार आइतबारदेखि केबलकार सञ्चालनमा आएको हो। आइतबार विहान ९ बजेदेखि सञ्चालनमा ल्याइएको केबलकारमा बिहान७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु अत्यन्त उत्साहका साथ गेटमा आई लाइनमा बसिसकेका थिए।

लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर र बजार खुलेसँगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको हो। केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याइएको छ। जसअन्तर्गत केबुलकारको दुवै स्टेसनमा ज्वरो मापन, मास्क अनिवार्य, लाइनमा बस्दा भौतिक दूरी, हात धुने आदि व्यवस्था मिलाइएको छ।

केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रतिघन्टा ३३० जना) यात्रुलाई सेवा दिइने र त्यसपछि स्वतः प्रवेश बन्द गरिनेसमेत जनाएको छ। कोरोनापछि खुलेको केबलकार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिनेछ। तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा बिहान ८ बजेदेखि नै सञ्चालनमा ल्याइनेसमेत ल्याइने केबुलकारले जनाएको छ।

केबुलकार खुलेसँगै मनकामना क्षेत्र आसपासका व्यापार–व्यवसायमा समेत चहलपहल देखिन थालेको छ।केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगदरहित कारोबारका लागि इसेवा, फोन–पेजस्ता सेवाप्रदायक कम्पनीसँग सम्झौता गरिसकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

Previous articleभिजिट भिषामा विदेश जानेलाई झन् क’डा नियम: २० लाख बिमा, एसएलसी पास र अंगेजी भाषा अनिवार्य
Next articleजय पशुपतिनाथ !! नौ महिना देखि बन्द पशुपतिनाथको मन्दिर आज देखि खुल्यो