अरबी मुदिरले ११ वर्ष सम्म घरमा थु’नेर काममा लगाईएकि लीलामाया नेपाल आईपुगिन्
काठमाडौ । नेपाल छाडेको १२ बर्षपछि बल्ल उनी नेपाल फर्किइन् । अत्यन्तै अस’हज अवस्थामा उनको उद्धार गरियो । अपमा’नजनक जीवन विताइरहेकी लिलामाया धिमाललाई साउदी हाकिमको घरबाट उद्धार गरियो । लिलामाया धिमाल (माथि चित्रमा) बुधवार बिहान घामको झुल्कोसँगै काठमाडौं एयरपोर्टमा अवतरण भइन् । मातृभूमि फर्केर भनिन् “म अहिले सुरक्षित छु, कम्तिमा मलाई थाहा छ अब भने म बाच्नेछु ।

उनलाई साउदीका एक अ’त्यन्तै ग’लत व्यक्तिबाट उनका भाइ, नेपाली दूतावास र अन्य नेपालीहरूको प्रयासबाट साउदीको टबुक शहरबाट बचाए । उनी फिर्ता हुँदा अत्यन्तै खुशी देखिन्थिन् । झापामा रहेका उनको परिवारसँग फेरी पुनर्मिलन होला । आफु जिउँ’दो फर्किन सकौँला भन्ने उनलाई आशा थिइन। उनी आश्रय गरिरहेकी जेद्दाहस्थित नेपाल वाणिज्य दूतावासले उनलाई उडान पक्रन मंगलबार बिहान ९ बजे तयार रहन भन्यो ।

उनमा ह’तारो ज्यादै नै देखिन्थ्यो । “म अत्य’न्तै उत्साहित भएँ सायद यही भएर होला म धेरैबेर सुत्न सकिन । म ३ बजे बिहान नै उठे । २००९ मा साउदी अरेबिया जाँदा लिलामाया धिमाल (जसलाई उनको उर्फ शर्मिला किरण मगरले भनेर चिनिन्थ्यो । एक दशकदेखि आफ्नो परिवारसँग सम्पर्कमा थिइनन् । एक दिन, संयोगले उनी नेपालको एक मान्छेसँग सम्पर्कमा पुग्छिन् । इमोबाट भेटिएका उक्त नेपालीलाई उनले मद्दतको लागि बिन्ती गर्छिन् ।

उनले आफ्नो स्थायी ठेगाना झापामा रहेकी उनकी बहिनीसँग लिलामायाका बारे बताउँछन् । उनकी बहिनीको घर लिलामायाको झापाको घर नजिकै थियो । उनको परिवारमा उनको बारे र पारिवारको बारे लिलामायालाई बताउँन उनी सहयोगी बनिन् । “जब फोनमा दाइ दिदीले मेरो परिवारका बारेमा भनेको सुने तब छ’क्क परें,” लीलामाया सम्झन्छिन्। “बल्ल पो थाहा भयो मेरो श्रीमान्, जसको स्वास्थ्यस्थिति पहिले नै कमजोर थियो तीन वर्ष अघि बि’त्नुभएछ । अहिले थाहा हुँदैछ ।

मेरा बच्चाहरू जवान भइसकेका थिए । छोडेर गएपछि नातिनातिना पो भएछन् । म धेरै बर्षदेखि टाढा र सम्पर्क बिहिन भएकाले उनीहरूले मलाई मृ’त्यु भइसकेको होला भनेर बिर्सि सकेका रहेछन् उनले भनिन् ।
प्रधानमन्त्री प्रचण्डद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल


