धादिङ — एक्स्काभेटरको ठ’क्करबाट घा’इते भएकी एक महिलालाई चालकले जिउँ’दै पुरि’दिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खो’ल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्का’भेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठ’क्कर दिएको थियो ।ठ’क्करपछि कुमाल खा’ल्डोमा ख’सेकी थिइन् ।
एक्स्का’भेटर चालक भीमबहादुर बुढाथोकीले उ’द्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदि’एका थिए । काठमाडौंबाट सल्यानटार हुँदै आरु’घाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै ह’ल्ला गरेपछि चालक बुढाथोकी भा’गेका थिए । त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए ।
पछि तिनै मजदुरले खा’ल्डो खनेर कुमालको श’व झि’केका थिए । ‘श’व घो’प्टो परेको अवस्थामा भेटिएको थियो । टाउकोमा ठूलो घा’उ र रग’त पनि देखिएको छ,’ सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब–इन्स्पेक्टर भानुभक्त आचार्यले भने । श’व परीक्ष’णका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
घट’नापछि उत्ते’जित भी’डले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्का’भेटरमा ढुंगामुढा र आग’जनी गरेको थियो । आग’जनीबाट एक्स्काभेटर क्षति’ग्रस्त बनेको छ । चालकलाई त’त्काल प’क्राउ गरी का’नुनसम्मत का’रबाही हुनुपर्ने स्था’नीयको माग छ । तर घ’टनालगत्तै फ’रार दाङ घर भएका चालक बुढाथोकी भने अझै प’क्राउ पर्न सके’का छैनन् । फ’रार चालकको खो’जत’लास भइरहेको धादिङ प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।
https://ujyaalonepalnews.com/archives/13741


