कोभिड-१९ को महामारी पश्चात कतार फर्कने प्रक्रिया केही झन्झटिलो बनेको त हामी सबैलाई थाहा नै छ । अहिलेको परिस्थितिमा नेपाल कसरी फर्कने भन्ने प्रश्न हामीलाई धेरै भन्दा धेरै आइरहेको कारण हामीले यो जानकारी मुलक प्रक्रिया लिएर आएका छौ । हुन त यो भन्दा अगाडी पनि यस विषयमा हामीले समाचार नलेखेको भने होइन तर यसपटक भने केही विस्तृत रुपले प्रस्तुत गरेका छौ ।
आशा छ तपाई नेपाल जाँदै हुनुहुन्छ भने पक्कै पनि यो जानकारीले तपाइलाई सहयोग पुर्याउने छ । साथै यस विषयमा अन्य तपाईलाई थप जानकारी छ भने हामीलाई लेख्न सक्नुहुनेछ । अहिले नेपाल फर्कन चाहिने दुई विषय भनेको पिसिआर परिक्षण र सिसिएमसि फारम हो । सिसिएमसि फारम त्यति अनिवार्य नभएपनी पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट भने अनिवार्य चाहिन्छ ।
पिसिआर परिक्षण नेपाल फर्कनका लागि कतारका तोकिएका निजी अस्पतालबाहेक ६ वटा सरकारी स्वास्थ्य केन्द्रहरुले कोभिड १९ को पिसिआर परिक्षण निशुल्क वा न्यूनतम शुल्कमा गर्दै आइरहेको छ । जसमध्ये न्यु इन्डस्ट्रियल एरियामा रहेको हेमाइला हेल्थ सेन्टरमा भने परिक्षण गर्न निकै सजिलो र बिल्कुलै निशु’ल्क रहेको छ ।
निशुल्क परिक्षण गर्ने स्वास्थ्य संस्थाहरु
- Workers Health Center — Hemaila Branch Building 265, Street 35, Al-Taqa Street Zone 81
- Fereej Abdel Aziz Health Center, Al Farabi Street
- Muaither Health Centre, Al Waab St, Ar-Rayyan
- Rawadat Al Khail Health Cenre, B Ring Rd, Doha
- Um Salal Health Centre, Al Shamal Rd, Umm Salal Muhammed
- Gharafat Al Rayyan Health Centre,
कसरी गर्ने ?
- बिहान ६ बजे अगाडि गएर टोकन लिनुहोस । टोकन लिदा उडान टिकट देखाउनु पर्नेछ । म्याद भएको कतारी आइडी देखाउनुपर्ने छ । हेल्थ कार्ड खासै नखोज्ने भएपनि छ भने लिएर जाँदा राम्रो हुनेछ ।
- टोकनमा पिसिआर जांच गर्ने समय लेखेको हुनेछ । सोही समय भन्दा केही अगाडि गएर बस्नुहोस ।
- समय भएपछि टोकन नम्बर अनुसार बोलाउनेछ ।
- अस्पतालको कर्मचारीले भनेको स्थानमा गएर लाइनमा बस्नुहोस । आफ्नो परिक्षण भएपछि फर्कनुहोस ।
- दिइएको समय अनुसार भोलिपल्ट कतारी आइडी लिएर रिपोर्ट लिन जानुहोस । थप जानकारी लिनुपरे अस्पतालको कर्मचारीलाई सोध्न सकिनेछ ।
सिसिएमसी फारम
यो फारम पहिले नेपालको विमानस्थलमा पुगेपछि भर्नुपर्ने जस्तै अनलाइन फारम हो । कोभिड १९ को परिस्थितिले यो फारम अहिले विश्वको कुनै पनि देश बाट उडान मार्फत नेपाल जादा भर्नुपर्छ । फारम नेपालमा गएर भर्दा पनि हुन्छ तर अहिले नै भरेर गए विमानस्थलमा आफैलाई सजिलो हुनेछ ।
फारम कसरी भर्ने ?
- कोभिड १९ महा’मारी ब्यबस्थापन समितिको वेबसाईटमा (यहाँ क्लिक गर्नुहोला ) जानुहोस !
- फारम भर्दा कुनै दु’विधा भएमा Correction Supp’ort मा गई सही इमेल, राहदानी नं. आदि मागिएको विवरण राखी खुल’स्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोला ।
- रातो चि’न्ह लगाइएका विवरण नछु’टाई भर्नुहोला । सही विवरण उपलब्ध भएपश्चात मात्र उक्त इमेलमा थप जानकारी पठाइने’छ ।
- फारम भरिसकेपछि आएको तपाइँको Bar Code को Screenshot गरी मोबाइलमा राख्नुहोस वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।
- यदी पहिला नै यो फारम भरिसकेको भए फेरी दोहोराएर नभ’र्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्या’वधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोला ।
- Flight बाट आगमन हुने यात्रुहरूको हकमा फारम भर्दा Flight Confirm भई PCR Report प्राप्त भइसकेपछि मात्र भर्दा उपयुक्त हुनेछ ।
QNkhabar डटकम बाट
https://ujyaalonepalnews.com/archives/13732


