नेपालीलाई गधा भन्दा तल्लो स्तरको व्यवहार गर्ने कम्पनीले मुद्दा हार्यो; नेपाली श्रमिकले ६ करोड बढी क्षतिपूर्ति पाउने

नेपालीलाई गधा भन्दा तल्लो स्तरको व्यवहार गर्ने कम्पनीले मुद्दा हार्यो; नेपाली श्रमिकले ६ करोड बढी क्षतिपूर्ति पाउने

मलेसियामा रहेको अमेरिकी कम्पनी गुड ईयर टायर विरुद्दको मुद्दा नेपाली लगायतका श्रमिकहरुले जितेका छन् । अदालतमा चलिरहेको एक मुद्दामा बुधवार अदालतले श्रमिकको पक्षमा फैसला गरेको हो । समाचार एजेन्सी एएफपीका अनुसार दर्जनौं श्रमिकले हालेको कम्पनी विरुद्दको मुद्दामा श्रमिकको पक्षमा फैसला आएको हो । नेपाली लगायतका दर्जनौं श्रमिकहरुले आफूले पाउनु पर्ने सेवा सुविधा वापतको रकम, ओभरटाइम वापतको रकम नपाएको, राहदानी लगायतको व्यक्तिगत कागजात कम्पनीले अवैधानिक रुपमा कव्जामा राखेको लगायतका विषयमा मुद्दा हालेका थिए । यस अगाडी नै दुईवटा मुद्दा श्रमिकले जितिसकेका थिए ।

सेलेंगरमा रहेको गुड ईयर टायरमा काम गर्ने नेपाल, म्यानमार तथा भारतका ६५ जना श्रमिकले कम्पनी विरुद्द मुद्धा हालेका थिए । उनीहरुको तर्फबाट अधिवक्ता आर चन्द्रा सेगारनले मुद्दा लड्दै आएका थिए । २० लाख रिंगिट बरावरको रकम आफूहरुले कम्पनीबाट नपाएको भन्दै ति श्रमिकले मुद्दा हालेको अधिवक्ता सेगरनले बताएको एएफपीले जनाएको छ । कम्पनीले आफ्नो तर्फबाट कुनै रकम दिन बाँकी नरहेको दावी गरेपनि अदालतले श्रमिकले दावी गरे अनुसारको रकम भुक्तानी गर्नुपर्ने आदेश दिएको हो ।

अधिवक्ता सेगरनले अदालतले मलेसियामा काम गर्ने विदेशी श्रमिकले पनि मलेसियन नागरिकले जस्तै सेवा, सुविधा पाउनु पर्ने पक्षमा फैसला गरेको बताएको समाचारमा जनाइएको छ । आप्रवासी श्रमिकलाई कुनै भेदभाव गर्न पाइन्न भन्ने कुरा अदालतले स्थापित गरेको छ, उनले भनेका छन् । गुड ईयर कम्पनीले भनें अदालतको फैसलाका बारेमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट पारेको छैन । यस विषयमा एएफपीले प्रतिकृया माग्दा कम्पनीले कुनै जवाफ दिएको छैन । यस अगाडी १ सय १९ जना श्रमिकले हालेको मुद्दामा अदालतले यस्तै फैसला गरेकोमा कम्पनीले उच्च अदालतमा पुनरावेदन हालेको छ ।

मलेसियामा कम्पनीहरुले आप्रवासी श्रमिकलाई ठगेको, विभेद गरेको मुद्दा पछिल्ला केहि बर्षयता चर्को रुपमा उठ्दै आएको छ । ग्लोव्स कम्पनीहरुले आप्रवासी श्रमिकलाई ठगेको घटना सार्वजनिक भएपछि टप ग्लोव्स लगायतका कम्पनी समस्यामा फसेका थिए ।, पछि ति कम्पनीहरुले आप्रवासी श्रमिकलाई उनीहरुले भुक्तानी गरेको भर्ना शुल्क फिर्ता गर्नुपरेको थियो ।

माधवपुर माविले मनायो ५६ औं वार्षिकोत्सव

Previous articleसाउदी महिलालाई बुर्का खोल्न बाध्य पार्ने कोरियन राजदुतलाई मानव अधिकारको मुद्धा
Next articleखोप नलगाएका व्यक्ति अब सपिंग मलहरुमा छिर्न नपाउने साउदी सरकारको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।