बागमती प्रदेशको ५७ अर्ब ७२ करोडको नयाँ बजेट: खोप लगाउन २ अर्ब (पूर्णपाठ)
काठमाडौं । वागमती प्रदेशले आर्थिक वर्ष २०७८–०७९ को लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गरेका हुन् ।जसमा चालुतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ छुट्याइएको छ । चालु आर्थिक बर्षमा ५१ अर्बको बजेट सार्वजनिक गरेको थियो ।

विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड , अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदान १६ अर्ब ९२ करोड , विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि रु दुई अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।
बजेटको पूर्ण PDF फाईल हेर्नको लागी यँहा क्लिक गर्नुहोला
https://ujyaalonepalnews.com/archives/14753


