टन्टलापुर घाममा कामदारलाई जोताउने ९८ कम्पनीलाई कारबाही
काठमाडौं : कतारमा कार्यरत केही नेपाली कामदार दिउँसोको चर्को घाममा पनि काम गर्न बाध्य भएको पाइएको छ । कतार सरकारले मध्य दिउँसोको टन्टलापुर घाममा कामदारलाई काममा नलगाउन सूचना जारी गरे पनि केही कम्पनीले सरकारी सूचनाको उपेक्षा गर्दै कामदारलाई काममा लगाएको पाइएको कतारी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । निर्देशन विपरित काममा लगाउने ९८ कम्पनीलाई कतार सरकारले कारबाही गरेको छ । कारबाहीमा परेका कम्पनीमध्ये अधिकांश कम्पनीमा नेपाली कामदार कार्यरत रहेको बताइएको छ ।


कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले पहिलो चरणमा ५४ र दोस्रो चरणमा ४४ कम्पनीलाई कारबाही गरेको बताएको छ । साढे तीन लाख बढी नेपाली कामदार कार्यरत रहेको कतारमा दिउँसो चर्को घाममा काम गर्ने र राति चिसो एयर कण्डिसनमा सुत्ने गरेका कारण नेपाली कामदारहरुले कम उमेरमै ज्यान गुमाउने गरेका छन् । कतारमा हाल दैनिक कतीमा एक नेपालीको मृत्यु हुने गरेको बताइएको छ ।
कतार सरकारले १३ वर्ष अघि सन् २००७ मा नै जुन १ देखि सेप्टेम्बर १५ सम्म विहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काममा लगाउन नपाइने नियम लगाएको थियो । तर निर्माण, कृषि र उद्योग क्षेत्र अन्तर्गतका कम्पनीले सरकारी निर्देशनलाई पालना गर्न आनाकानी गर्ने गरिएको बताइएको छ । अनुगमनका क्रममा निर्देशन पालना नगर्ने कम्पनीलाई तीन दिन बन्द गर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ । कतारमा जुनदेखि अत्यधिक तापक्रम बढ्ने र तापक्रम ५५ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ! मध्यान्ह बाट
https://ujyaalonepalnews.com/archives/14834


