काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई)को एक अदालतले श्रीमती ह’त्याको अभि’योगमा नेपाली कामदारलाई २५ वर्षको कै’द स’जाय सुनाएको छ । २५ सेप्टेम्बर २०२० मा यूएईको दुबईमा ती नेपाली युवाले आफ्नै श्रीमतीको छाती, पेट, घाँटी र टाउकोमा एघार पटकसम्म सांघा’तिकरुपमा च’क्कु प्रहा’र गरेका थिए । दुबईको ‘क्रि’मिन’ल को’र्ट’ले यसै हप्ता फैस’ला गर्दै नेपाली युवालाई २५ वर्ष जे’ल स’जाय सुनाएको हो । यूएईमा २५ वर्षको स’जाय उच्चतम ह’दको स’जाय हो । उनी जे’ल स’जाय भु’क्तान गरेपछि मात्र नेपाल फर्किन पाउने छन् ।
अभि’युक्तले सन् २०१९ मा विवाह गरी ह’त्या गरिएकी श्रीमतीलाईसँगै लगेका थिए । तर गत जुन महिनामा प’रपुरुषसँग अ’वैध सम्बन्ध राखेको आशं’कामा सां’घातिक आ’क्रमण गरेको खालिज टाइम्सले उल्लेख गरेको छ ।मृ’त’क तथा ह’त्यामा दो’षी नेपाली युवाको नाम भने खुलाइएको छैन । ह’त्यापछि अ’पराध स्वीकार गरेका उनले र’गतमा लत्प’तिएको श्रीमतीको फो’टो तस्विर लिएर स्थानीय प्रहरीलाई फोन गरेको खालिज टाइम्सले उल्लेख गरेको छ । मध्यान्ह बाट

श्रम स्वीकृति हप्तामा तीन दिन

काठमाडौं : वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले सामाजिक दुरी कायम गरी भौतिक उपस्थितिसहित हप्तामा तीन दिन श्रम स्वीकृति दिने भएको छ । यसअघि हप्तामा दुई दिन आइतबार र बुधबार श्रम स्वीकृति दिने उक्त कार्यालयले कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार, मंगलबार र बिहीबार गरी हप्ताको तीन दिन श्रम स्वीकृति दिने निर्णय भएको बताएको छ । सार्वजनिक बिदा परेमा भने श्रम स्वीकृति नदिइने कार्यालयले बताएको छ ।
नेपालमा कोरोना भाइरसको दोश्रो लहर फैलिएका कारण त्यसको रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा आदेश जारी भएपछि वैदेशिक रोजगार विभागको निर्देशनमा वैदेशिक रोजगार कार्यालय ताहाचलले भौतिकरुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृतिको कार्य गत वैशाख १६ गतेदेखि स्थगित गरेको थियो । वैदेशिक रोजगार कार्यालय ताहाचलले बायोमिट्रक नभएका कामदार कर्मचारी उपस्थित गराएर पनि श्रम स्वीकृति दिइरहेको बताएको छ । बायोमोट्रिक गरेका कामदारहरुले अनलाइन माध्यमबाट श्रम स्वीकृति पाइरहेका कारण सकेसम्म कार्यलयमा उपस्थित नहुन आग्रह गरेको छ ।
सरकारले आन्तरिकतर्फ ५० प्रतिशत नबढ्ने र अन्तर्राष्ट्रिय उडानमा तालिका र मिति तोकेर उडान खुला गर्ने निर्णय गरेपछि वैदेशिक रोजगारीमा जाने क्रम केही बढेको छ । हाल नेपाली कामदारको प्रमुख गन्तव्य मध्येको एक कतारमा काठमाडौंदेखि कतारको दोहा रुटमा सातामा ४ उडान शुरु भएका छन् । त्यसमा नेपाली वायुसेवाले दुई र कतार एयरवेजले दुई उडान भर्ने नागरिक उड्डययन प्राधिकरणले जनाएको छ । काठमाडौं–दुबई रुटमा समेत सातामा चार उडानको अनुमति दिइएको छ ।
यसअघि हप्तामा एउटामात्र उडान रहको काठमाडौं–इस्तानबुलमा हप्ताको दुई, काठमाडौं दमाम रुटमा हप्ताको दुई, काठमाडौं–कुवेतमा हप्ताको दुई, काठमाडौं–मस्कटमा हप्ताको एक र मलेसियामा हप्ताको चार उडान हुने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान हुने भएको छ । सरकारले अनुमति दिएका एयरलाइन्सहरुको टिकटको मूल्यमा तीनसय प्रतिशतसम्म वृद्धि गरेका छन् । उडान सुचारु भएपनि महँगो जहाज टिकटका कारण स्वदेश फर्किने तथा रोजगारीमा जाने कामदारलाई असहज रहेको बताइएको छ ।
https://ujyaalonepalnews.com/archives/14900


