कालिका नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

चितवन,असार ११- नेपाल ग्रामीण पुर्ननिर्माण संस्था (आरआरएन)ले कालिका नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आरआरएनले शुक्रबार अस्पतालमै पुगेर १० लाख ५३ हजार ३७० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संस्थाले अस्पताललाई सहयोग गरेको सामग्रीमा अटोमेटिक हेन्ड सेनिटाइजर ५ थान, फेस सिल्ड १३० थान, पल्स अक्सिमिटर ५० थान,पिपिइ सेट १३० थान , सर्जिकल ग्लोब्स १३० थान ,सर्जिकल मास्क १३० थान ,हेन्ड सेनिटाइजर ५० वोतल , आइसोलेसन किट १५० थान लगायतको सामग्री रहेको छ ।

आर आर एनका क्षेत्रीय संयोजक राम ढुङ्गानाले कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठलाई स्वास्थ सामग्री हस्तान्तरण गर्दै कोरोनाको विरामीको उपचारमा टेवा पुगोस भन्ने हेतुले अस्पतालाई आवश्यक सामग्री हस्तारन्तरण गरेको वताए । सामग्री वुझेपछि नगरप्रमुख श्रेष्ठले कोरोना संक्रमणको संकटको अवस्थामा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा आर आर एनलाई धन्यवाद दिदै सहयोग सामग्रीले कोरोनाका विरामीको उपचारमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष टिकाराम रिजाल,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारी,अस्पताल प्रमुख स्वपनील शर्मा लगायतको उपस्थिती रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/14897

Previous articleएअरपोर्ट भित्रै लगेज फो’रेर ल्यापटप चो’र्ने विष्णुलाई प्रहरीले समायो
Next articleश्रीमतीको छाती, पेट, घाँटी र टाउकोमा एघार पटकसम्म च’क्कु हा’नेर मा’र्ने नेपाली युवालाई २५ वर्षको जे’ल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।