महँगा महँगा लक्जरी कार चोरेर बेच्ने आरोपमा मलेसियामा नेपाली युवा पक्राउ

महँगा महँगा लक्जरी कार चोरेर बेच्ने आरोपमा मलेसियामा नेपाली युवा पक्राउ
काठमाडौं : मलेसियामा कार चोरीको आरोपमा एक नेपाली कामदार पक्राउ परेका छन् । त्यहाँको प्रहरीले ६ जनाको एक गिरोहलाई पक्राउ गरेकोमा एक जना नेपाली छन् । पक्राउ परेका नेपाली सुरक्षा गार्ड हुन् । उनले आफूले काम गर्ने ठाउँमा लामो समयसम्म पार्क गरेर राखिएका कारहरुको सूचना यो गिरोहलाई दिने गरेको प्रहरीले दाबी गरेको छ । उनको नाम भने खुलाइएको छैन ।

जुलाइ २५ मा पक्राउ परेका उनीहरुको साथबाट एउटा मर्सिडिज एस ३२० र टोयोटा एस्टिमा कार जफत गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका ३ जनासँग सोधपुछपछि प्राप्त जानकारीका आधारमा एक जना नेपालीसहित अन्य ३ जनालाई पक्राउ गरिएको मलेसियाको दि स्टारले उल्लेख गरेको छ ।

प्रहरीले नेपालीसहितको गिरोहले लामो समय सामुदायिक पार्किङमा पार्क गरेर राखिएका कार चोरी गरेको बताएको छ । विदेशी नागरिकहरू सामुदायिक पार्किङमा कार पार्किङ गरेर लामो समयको लागि स्वदेश गएको मौकामा चोरी हुने गरेको प्रहरीले बताएको छ । पक्राउ परेकामध्ये २ जना कार किन्ने ग्राहक भएको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/15265

Previous articleविदेश जानेलाई खोप लगाउनै सास्ती; खोप पाउनु यु’द्ध जिते बराबर
Next articleरत्ननगरका मेयर नारायण वनको पहलमा पर्यटन व्यवसायीलाई खोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।