निर्भया बलात्कार काण्डका चारै दोषीलाई मार्च ३ मा मृत्युदण्ड दिइने

0
39

मार्च ३ बिहान ६ बजे उनीहरुलाई झन्ड्याएर मृत्युदण्ड दिइने अदालतले फैसला गरेको एनडीटीभीले जनाएको छ।

१६ डिसेम्बर २०१२ मा फिजियोथेरापीकी २३ वर्षीया विद्यार्थी ज्योति सिंहलाई गुडिरहेको बसभित्र केही युवाले सामूहिक बलात्कार गरेका थिए।

बलात्कारपछि बसबाट फालिएकी उनको उपचारको क्रममा १३ दिनपछि मृत्यु भएको थियो।

उनलाई पछि ‘निर्भया’ नाम दिइएको थियो। यस घटनाको भारतभर चर्को विरोध भएको थियो।

बलात्कारको घटना भएको ८ वर्षपछि अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई झुन्ड्याएर मृत्यु दण्ड दिने फैसला भएको हो।

यसअघि दुईपटक अदालतले उनीहरुको मृत्युदण्डको मिति तोकेको थियो। त्यसबेला उपलब्ध कानुनी विकल्प प्रयोग गर्दै उनीहरु मृत्युदण्डको समय सार्न सफल भएका थिए।

जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो : प्रधानमन्त्री दाहाल

Previous articleदैलेखमा जीप दुर्घटना, ४ जना घाइते
Next articleदोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता : अमृत र इबीए विजयी