सभामुख सापकोटाको विरोध गर्ने १३ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं, १३ माघ । अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीहरू पक्राउ परेका छन् ।

प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको हो । उनीहरूलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चरण प्रसाइँलगायत छन् ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले राष्ट्रपति कार्यालयको निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ पर्नेमा नौ पुरुष र तीन महिला छन् ।

The post सभामुख सापकोटाको विरोध गर्ने १३ मानवअधिकारकर्मी पक्राउ appeared first on Koshi Online.

चीनबाट ल्याइएका सबै नेपाली स्वस्थ

Previous articleएमसीसीको बहस छेडिएको छ, बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइन्छ : सभामुख सापकोटा
Next articleअमेरिकी सैन्य विमान खसाएको तालिबानको दाबी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।