अमेरिकी सैन्य विमान खसाएको तालिबानको दाबी

अफगानिस्तानमा अमेरिकी सैन्य विमान आफूहरुले खसाएको दाबी तालिबानले गरेको छ।

गजनी प्रान्तस्थित दे याक जिल्लामा सैन्य विमान खसाइएको र विमानमा सवार सबैको मृत्यु भएको तालिबानले जनाएको छ।

सोमबार सो स्थानमा एक विमान दुर्घटना भएको भनिएपनि त्यसबारे आधिकारिक जानकारी प्राप्त भएको छैन।

स्थानीय अधिकारीहरुले पहिले एरियाना एयरको विमान दुर्घटनाग्रस्त भएको बताए पनि एयरलाइनले त्यसको खण्डन गरेको थियो। जसका कारण दुर्घटना रहस्यमय बनेको थियो। एजेन्सी

कोरोनाविरुद्धको उपचारले सकारात्मक परिणाम दिइरहेको चिनियाँ राष्ट्रपतिको भनाइ

Previous articleसभामुख सापकोटाको विरोध गर्ने १३ मानवअधिकारकर्मी पक्राउ
Next articleनेमारले जर्सी नम्बर २४ इसारा गर्दै आफ्नो गोल कोबे ब्रायन्टलाई समर्पित गरे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।