निराजन घिमिरे, असोज ८, चितवन । लायन्स क्लब अफ पिठुवा चितवनको आयोजनामा रत्ननगर नगरपालिका वडा नं. १६ हात्तिगाडेमा रहेको भद्रकाली माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पिठुवाले नियमित रुपमा गर्ने सामाजिक कार्यहरुको निरन्तरता स्वरुप आज निःशुल्क दन्त शिविर आयोजना गरिएको क्लबका अध्यक्ष लायन विष्णु प्रसाद अधिकारीले जानकारी दिए।

शिविरमा चितवन मेडिकल कलेज ( सिएमसी ) भरतपुरका दन्त रोग विशेषज्ञ डा. हरेन्द्र सिंहको नेतृत्वमा रहेको दन्त चिकित्सक सहितको ११ जनाको टोलीले रत्ननगर १६ र खैरहनी नगरपालिकाका करिब २०० जना बालबालिका तथा बृद्ध बृद्धाहरुको दन्त परिक्षण गरेका थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक एकजुकेटिभ चिफ पिएमजिफ लायन सिद्धार्थ लाल चुके, विशिष्ट अतिथिको रुपमा रत्ननगर १६ का वडाध्यक्ष लायन हेमराज थापा र डिस्ट्रिक को-चिफ एडभाइजर पिएमजिएफ लायन दीपेन्द्र खतिवडा उपस्थित हुनुहुन्थ्यो । यस्तै अतिथिको रुपमा डिस्ट्रिक चिफ लायन निरज श्रेष्ठ, रिजन चियर पर्सन ओमलाल सापकोटा, भद्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक बहादुर कुँवर, वडा सचिव शिव प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिव पुरुषोत्तम लामिछानेले सञ्चालन गरेका थिए ।

हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते


