रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए; मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मा’रिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

अन्यथा इन्धन सकेर फो’र्स ल्याण्डिङको विकल्प थिएन । यात्रुहरुका अनुसार काठमाडौं आउँदासम्म खासै ड’र लागेको थिएन । तर यहाँ पनि ल्याण्ड हुन नसकेपछि जहाजभित्र रुवा’बासी चलेको उनीहरूले सुनाए । सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेको यात्रु प्रताप लिम्बुले सुनाए । ‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं,’ उनी भन्छन्, ‘एयर होस्टेसहरुले तपाईंलाई सक्दो बचाउने कोसिस गर्छौं ।

इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।’ अर्का यात्रु अनमोल प्रधानले जहाजभित्र रुवा’बासी भएको र धेरैले आश मा’रेको सुनाए । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए’ उनी भन्छन्, ‘जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आ’त्तिएर रुन थालेपछि झन् गा’ह्रो भयो ।’

एयर होस्टेसको आँखामा आँसु थियो: प्रताप लिम्बु

बिहान ८ः०५ बजे विराटनगरर्फ उडेका थियौं, तर अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति सम’स्या छ भनियो । त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६/७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं फिर्ता गर्नुभयो । काठमाडौं आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ । राम्रै हुन्छ होला भन्ने भयो, काठमाडौं आएपछि पनि ८/९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो । त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं ।

अब जिन्दगी यति नै रहने भयो, अब दुर्घ’टना हुन्छ भन्ने नै भयो । हामीले ढोका खोल्दिनुस, हामी हाम फाल्छौं पनि भन्यौं । एयर होस्टेसहरुले केही हुँदैन भनेर ढाडस दिइरहनुभयो । हामी तपाईंहरुलाई बचाउन सक्दो कोशिस गर्छौं भन्नुभयो । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो । त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो । नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइ’कराई गरिरहेका थिए । कतिपय त बे’होस नै भए होलान् । जति दह्रो मन भएपनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।

आश मारि’सकेका थियौं: अनमोल प्रधान, यात्रु

जहाजभित्र रुवा’बासी हुन थाल्यो । जति कन्ट्रोल गरे पनि त्यो रुवा’बासीले गर्दा आँशु रोक्न सकिएन । हामीले आस मा’रिसकेका थियौं । आकाशमा घुमिरहेको विमानबाट रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए । हामीलाई त भगवानले मात्रै बचाएको जस्तो लाग्छ । भगवान पशुपतिनाथको कृपाले बाँच्यौं । सबैजना भित्र हात जोडेर बसिरहेका थियौं । अनलाईन खबर बाट 

https://ujyaalonepalnews.com/archives/15985

Previous articleकतार जानेलाई अझ सजिलो, २ दिन होटल क्वारेन्टाइन बसे पुग्ने
Next articleनौ लाख जनालाई पर्ने मध्य भोटेकोसीको ९० लाख कित्ता आईपीओ खुल्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।